काठमाडौं– छ्याङ्दी हाइड्रोपावर लिमिटेडको हकप्रद सेयर आज आज (माघ ११ गते)देखि निष्कासन भएकोे छ। कम्पनीले १०ः३ कित्ता सेयरको अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो।
कम्पनीले एक सय रुपैयाँ अंकित दरका ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर जारी गरेको हो। हकप्रद निष्कासनका लागि कम्पनीले पुस २१ गते बुकक्लोज गरेको थियो।
कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। हकप्रदमा ग्लोबल आइएमई क्यापिटल तथा ग्लोबल आइएमई बैंकको लमजुङका विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।
यसका साथै धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोसेयर सफ्टवेयरमार्फत फागुन २ गतेसम्म आवेदन दिन सक्नेछन्।
हाल २९ करोड ७६ लाख ७५ हजार रुपैयाँ रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्कासनपछि ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।