काठमाडौं- अफगानिस्तानमा तालिबानले कब्जा जमाएपछि पहिलो पटक युरोपेली संघका विशेष दूत र अन्य सात देशका उच्च अधिकारीबीच बैठक भएको छ।
सोमबार तालिबान नेता र युरोपेली संघका विशेष दूतसहितका उच्च अधिकारीबीच बैठक भएको हो।
तीन दिवसीय बैठकको पहिलो भेटवार्ता सोमबार भएको हो। यस अघि तालिबानका सदस्यले केही मानव अधिकार कार्यकर्तासँग भेटवार्ता गरेका थिए।
टोलो न्यूजले विदेश मन्त्रालय स्रोतलाई उदृत गर्दै जनाए अनुसार सोमबार अफगानिस्तानमा तालिबान सरकारका अन्तरिम विदेश मन्त्री अमीर खान मुक्ताकी र उनकौं प्रतिनिधिमण्डलका सदस्यले ओस्लोमा युरोपेली संघ र सात देशका दूतसँग भेटवार्ता गरेको छ।
दुई पक्षबीचको छलफलबाट तालिबानले व्यहोरिरहेको आर्थिक संकटको हल निस्कने अनुमान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।