काठमाडौं- पाकिस्तानको सर्वोच्च अदालतले पहिलो महिला न्यायाधीश पाएको छ। ५५ वर्षीया आयशा मलिकले सोमबार इस्लामावादमा सपथ लिएकी हुन्।
आयशाबाहेक पाकिस्तानको सर्वोच्च अदालतमा १६ जना पुरुष न्यायाधीश छन्। कानुनविद्हरुले दशकौंको संघर्षपछि आयशाले नियुक्ति पाउनु पाकिस्तानको पुरुषप्रधान समाजमा महिलाको प्रतिनिधित्वको जित भएको बताएका छन्।
ह्युमन राइट्स वाचका अनुसार सर्वोच्चमा महिला न्यायाधीश नभएको यो दक्षिण एसियाको एक मात्र देश थियो। यसबाहेक, पाकिस्तानको उच्च अदालतमा ४ प्रतिशत न्यायाधीश मात्रै महिला छन्।
यस अवसरमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले न्यायाधीश आयशालाई ट्वीट गर्दै बधाई दिएका छन्। यद्यपि, केही वकिल र न्यायाधीशहरूले भने आयुशाको नियुक्तिको विरोध गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।