काठमाडौं- फुटबलको सर्वोच्च निकाय फिफाले यस वर्षको फेब्रुअरीमा आयोजना हुने तय भएको क्लब विश्वकप २०२१ तोकिएकै समयमा हुने बताएको छ।
यमनको लामो समयदेखि चलिरहेको युद्धका बाबजुद पनि फिफाले प्रतियोगिता सार्न नसकिने जनाएको हो। गत सोमबार आयोजक स्थल युएईको राजधानी अबुधाबीलाई निशाना बनाएर हुथी विद्रोही समूहले दुई मिसाइल प्रहार गरेका थिए।
यद्यपि, युएईले यमनका हुथी विद्रोहीहरूले अबुधाबीमा प्रहार गरेको दुईवटा ब्यालेस्टिक मिसाइललाई रोकेर नष्ट गरेको बताएको छ।
यो घटना तीन विदेशी नागरिकको मृत्यु भएको थियो। क्षेत्रीय च्याम्पियन र आयोजक देशका प्रतिनिधि सम्मिलित क्लब विश्वकप आगामी फेब्रुअरी ३ देखि १२ फेब्रुअरीसम्म अबुधाबीका दुई स्थानमा हुने तय भएको छ ।
‘फिफा क्लब विश्वकप युएई २०२१ योजना अनुसार आयोजना हुनेछ,’ फिफाका प्रवक्ताले भने,‘ सुरक्षाको लागि आयोजक समिति र युएई सरकार र अन्य प्रमुख सरोकारवालाहरूसँग काम गरिरहेको छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।