• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ ३, २०८२ Sat, Jan 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

६ महिनामा ९ करोड ९१ लाखको नक्कली कपाल आयात, अन्य सामान कतिको भित्रिए?

64x64
सुमित्रा कार्की बुधबार, माघ १२, २०७८  ०९:३०
1140x725

काठमाडौं- नेपाल राष्ट्र बैंकले आयातमा शतप्रतिशत नगद मार्जिन लागू गरेका वस्तुमध्ये नक्कली कपाल मात्रै नौ करोड ९१ लाख रुपैयाँ बराबरको आयात भएको छ।

नेपाल राष्ट्र बैंकले गएको पुस ५ गते परिपत्र जारी गर्दै विभिन्न २० वस्तु आयात गर्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो। राष्ट्र बैंकको उक्त व्यवस्थापछि यसरी आयात हुने समग्र सामानमा भने केही गिरावट आएको भन्सार विभागले प्रकाशित गरेका तथ्यांकमा देखिन्छ।

राष्ट्र बैंकले परिपत्र जारी गर्दै १८ वटा वस्तुको आयातमा प्रतीतपत्र (एलसी) खोल्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने र दुईवटा वस्तु आयातमा एलसी खोल्दा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो। विगतमा बैंक तथा वित्तिय संस्थाले दिने कर्जाका आधारमा एलसी खोल्ने गरिन्थ्यो। बढ्दो आयातका कारण विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि राष्ट्र बैंकले आयात गर्दा नगद मार्जिन राख्नुपर्ने नीति ल्याएको थियो।

राष्ट्र बैंकले चकलेट, चुइगम, इनर्जी ड्रिंक, चुरोट, अत्तर, शृङ्गारका सामग्री, स्याम्पु, कपालमा लगाउने तेल, काठका सामग्री र फर्निचर, जुत्ता, टोपी, छाता, कृत्रिम फूल, मार्बल, ट्वाइलेट र भान्छाकोठाका सामग्री, चाँदी, फलामका फर्निचर, प्लास्टिकका फर्निचरजस्ता वस्तु आयात गर्दा शतप्रतिशत मार्जिन बैंकमा राख्नुपर्ने व्यवस्था गरेको हो। साथै, गाडी आयात गर्दा ५० प्रतिशत मार्जिन आयातकर्ताले राख्नुपर्ने व्यवस्था गरेको थियो। गत पुसको सुरुआतमै २० वटा वस्तुमा लागू गरेको मार्जिनले पहिलो महिनामा करिब दुई अर्बले यस्तो सामानको आयात घटेको भन्सार तथ्यांकले देखाउँछ। आयात घट्दा राष्ट्र बैंकले अपनाएको नीतिको प्रभाव देखिएको जानकारहरु बताउँछन्।

गएको कात्तिकसम्ममा शतप्रतिशत मार्जिन लागू गरेका २० वस्तु ६४ अर्ब १५ करोडको ५७ लाख रुपैयाँ बराबरको आयात भएको थियो। यसैगरी, मंसिरसम्ममा ७६ अर्ब ५९ करोड ९३ लाख रुपैयाँको आयात भएको थियो। पुससम्ममा यी वस्तूको आयात ८७ अर्ब २४ करोड ६२ लाख रुपैयाँ रहेको भन्सार विभागको भनाइ छ। राष्ट्र बैंकले मार्जिन लागू गरेका केही सामानको आयात बढेको छ भने केही सामानको आयात घटेको देखिन्छ।

Ncell 2
Ncell 2

उक्त वस्तुहरूमा केहीको आयात बढेको छ भने केही वस्तुको आयातमा कमी आएको छ। राष्ट्र बैंकले कडाइ गरेको ल्वाङ पु्स महिनामा एक लाख २२ हजार रुपैयाँले बढी आयात भएको छ। मंसिरको तुलनामा पुसमा उक्त रकम बराबरको आयात कम भएको हो। मंसिरमा ८० लाख रुपैयाँको आयात भएकोमा पुसमा ८१ लाख रुपैयाँको आयात भएको छ।

यसैगरी, मार्जिनका कारण चिनीलगायत सख्खर आयात घटेको छ। मंसिर महिनाको तुलनामा पुसमा १५ करोड ७६ लाख रुपैयाँ २२ हजार रुपैयाँको आयात घटेको देखिन्छ। सरकारले शतप्रतिशत मार्जिन लागू गरेको वाइन, ह्वीस्की र मिनिरल वाटरको आयात भने पुसमा १३ करोड तीन लाख रुपैयाँले बढेको छ। यसैगरी, सुर्ती तथा चुरोटको आयात पनि १५ करोड ६५ लाख ९८ हजार रुपैयाँले बढेको तथ्यांक छ।

पुसमा परफ्यूम र ट्वाइलेट वाटर एक करोड चार लाख १३ हजार रुपैयाँ, सौन्दर्य सामग्री १७ करोड २८ लाख १८ हजार रुपैयाँ, कपालमा प्रयोग हुने क्रिम तथा स्याम्पो नौ करोड १९ लाख रुपैयाँले कम आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ। यो अवधिमा काठलगायत यससम्बन्धी सामग्री आयात भने बढेको देखिन्छ। जसमा पुस महिनामा मंसिरको तुलनामा तीन करोड पाँच लाख ६९ हजार रुपैयाँ बढीको आयात भएको छ।

जुत्ता तथा जुत्ता बनाउने सामग्री आयात पुस महिनामा ४० करोड ४१ लाख ८२ हजार रुपैयाँ, टोपीलगायत टाउको ढाक्न प्रयोग हुने विभिन्न वस्तु नौ करोड ७५ लाख ५५ हजार रुपैयाँ, छाता र छडी ३० लाख ४७ लाख रुपैयाँ बराबरको आयात भएको छ। यसैगरी, आइब्रो तथा नक्कली कपालका वस्तु २७ लाख ४२ हजार रुपैयाँ बराबरको आयात भएको छ।

मार्बल, माइलस्टोन्स र घर बनाउनका आवश्यक ब्लक २१ करोड ८१ लाख ८१ हजार रुपैयाँ, इँटा, ब्लक, सेरामिक वस्तु ४५ करोड १९ लाख ७९ हजार, बोतल एक करोड ६७ लाख ११ हजार र चाँदी तथा चाँदीका धुलो ४३ करोड नौ लाख ६३ हजार रुपैयाँले आयातमा कम भएको विभागको तथ्यांकमा उल्लेख छ।

यसैगरी, सवारीसाधन (विद्युतीयबाहेक) १९ करोड २१ लाख ८४ हजार रुपैयाँ, मोटरसाइकल चार करोड ८५ लाख ११ हजार र तास दुई करोड ७८ लाख ३० हजार रुपैयाँ कमको आयात भएको छ। तर, फर्निचरलगायतका अन्य सामान भने १८ करोड २१ लाख ९१ हजार रुपैयाँले बढी आयात भएको तथ्यांक छ।

प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  ०९:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
सुनचाँदीको मूल्य बढ्यो बिहीबार सुन प्रतितोला दुई लाख ७६ हजार ५०० रुपैयाँ किनबेच भएको थियो । शुक्रबार, माघ २, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो निगमले आज १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटेको छ । शुक्रबार, माघ २, २०८२
सुनको मूल्य तोलामा १५०० रुपैयाँ घट्यो यसअघि बुधबार छापावाल सुन तोलामा २ लाख ७८ हजार रुपैयाँ पुगेका थियो । जुन मूल्य हालसम्मकै उच्च रहेको थियो । बिहीबार, माघ १, २०८२
ताजा समाचारसबै
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
रेजा पहलवीले गरे इरानमा अमेरिकी हस्तक्षेपका निम्ति आह्वान शनिबार, माघ ३, २०८२
भावी सरकारमा पनि मिडियाकर्मीको प्रतिनिधित्व हुनुपर्छ : सञ्चारमन्त्री शनिबार, माघ ३, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
बर्दिया १ बाट चुनाव लड्ने तयारीमा बामदेव गौतम शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्