काठमाडौं- विश्व स्वास्थ्य संगठनले ओमिक्रोन कोरोनाको अन्तिम भेरियन्ट हुने र हामी यो महामारीको अन्त्यको अन्तिम चरणमा छौं भन्ने सोच्नु खतरनाक भएको बताएको छ।
डब्लुएचओका प्रमुख डाक्टर टेड्रोस अधानोम गेब्रेयससले कोरोना महामारी कसरी अन्त्य हुन सक्छ र यसको द्रुत फैलावट कसरी समाप्त हुन सक्छ भन्ने विषयमा विभिन्न परिदृश्य रहेको बताए।
तर, ओमिक्रोन पछि कोरोना अन्त्य हुन्छ भन्नु खतरनाक रहेको उनले स्पष्ट पारेका छन्। उनले भने,‘यो पछि कोरोनाको अन्त्य हुन्छ भनेर सोच्नु खतरनाक हो। अन्तर्राष्ट्रिय रुपमा हेर्ने हो भने कोरोनाका थप रूपहरू देखा पर्न सक्छन्।’
उनले कोरोना महामारीबाट उत्पन्न परिस्थितिलाई बदल्नका लागि महामारी फैलिरहेको अवस्थालाई परिवर्तन गर्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।