काठमाडौं- चीनले आइतबार बेलायतलाई चेतावनी दिँदै 'कोल्ड वार प्लेबुक' को पालन नगर्न भनेको छ। यससबाट आगामी दिनमा कुनै परिणाम ननिस्कने चीनको भनाइ थियो।
यसअघि बेलायती शीर्ष अधिकारी र रक्षा मामलाका जानकारले अस्ट्रेलियाली समकक्षीसँग कुराकानी गरेका थिए र अकासलाई अघि बढाउने बारे जोड दिएका थिए। उनीहरुले रूस-चीन भेटवार्ताका लागि एक वैचारिक गुटको संयोजनका बारेमा कुराकानी गरेका थिए।
बेलायतको यस कदमपछि चीनले प्रतिक्रिया जनाउँदै चेतावनी दिएको हो।
अकास अमेरिका, बेलायत र अस्ट्रेलिया सहभागी एक रक्षा सम्झौता हो। यस सम्झौताको पछाडि अमेरिकाको उद्देश्य चीनको यस क्षेत्रमा बढ्दो दबाबलाई कम गर्नु रहेको बताइएको छ।
चीनले अकासको गठन पछि यसको निन्दा गर्दै निकै गैरजिम्मेवारी पूर्ण तथा संकीर्ण सोच युक्त काम भएको बताएको थियो।
यसले क्षेत्रीय शान्तिमा खलल पुर्याउनका साथै हतियार दौड बढाउने चीनको भनाइ थियो।
ग्लोबल टाइम्सको समाचार अनुसार बेलायत कयौं घटनामा चीनसँग गतिरोधको अवस्थामा छ र सामान्य रुपमा भन्दा बेलायत अमरिकी रणनीतिको पालना गरिरहेको देख्न सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।