• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

दलहरूको दायरा खुच्याउने निर्वाचन आयोगको कसरत!

64x64
किशोर दहाल आइतबार, माघ ९, २०७८  २०:३०
1140x725

काठमाडौं- निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को विधानबाट पनि विभिन्न शब्द हटाएर विधान सच्याउन पत्राचार गरेपछि त्यसले कुनै न कुनै हिसाबले राष्ट्रिय राजनीतिलाई नै तरंगित पारेको छ। आयोगले माघ २ गते नै पठाएको पत्र सो पार्टीका नेता, निवर्तमान अध्यक्ष कमल थापाले ट्विटरमार्फत् सार्वजनिक गरेपछि यो विषय बाहिर आएको हो। थापाले पत्र सार्वजनिक गर्ने क्रममा आयोगको पत्र संविधान र प्रजातान्त्रिक मान्यताविपरीत भएको बताएका छन्। आयोगको निर्देशन अस्वीकार्य रहेको भन्दै उनले विगतको यस्तै निर्णयलाई आफूहरुले संघर्षबाट उल्ट्याएको समेत उल्लेख गरेका छन्।

राप्रपालाई पठाइएको आयोगको पत्रमा भनिएको छ- ‘विधानको प्रस्तावनाको बुँदा ४ मा उल्लेखित ‘सनातन हिन्दूराष्ट्र एवं राजसंस्थासहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम गर्न’ भन्ने वाक्यांश नेपालको संविधानको प्रस्तावना एवं भावनाको प्रतिकूल देखिएकोले सो वाक्यांश हटाइ नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुकूल हुनेगरी उल्लेख गर्नु हुन।’

त्यस्तै, राप्रपाको विधानको धारा ४ (क) मा उल्लेखित ‘झण्डा को मध्य भागमा गाई चिह्न भएको’ भन्ने वाक्यांश हटाइ सोहीबमोजिम अनुसूचीमा उल्लेख गर्न पनि आयोगले भनेको छ। उसले विधानको धारा ५ (२) मा रहेको ‘सम्वर्द्धनवाद’ लाई पनि परिभाषित गर्न भनेको छ।

आयोगको पत्रपछि आइतबार बसेको राप्रपाको केन्द्रीय पदाधिकारी बैठकले आयोगका निर्देशनहरुलाई संविधानको भावना र मर्मविपरीत तथा पूर्वाग्रही ठहर गरेको छ। आयोगले पठाएको पत्रको जवाफ उपयुक्त समयमा दिने तथा कानुनी र राजनीतिक उपचार खोज्ने निर्णय पनि बैठकले गरेको छ। बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन आयोगको निर्देशनअनुसार आफ्नो मूल सिद्धान्तलाई संशोधन नगर्ने बताएका छन्।

आयोगले राप्रपालाई मात्र होइन, यसअघि माओवादी केन्द्र, जनमत पार्टी लगायतलाई पनि यस्तै पत्र पठाएर विधानमा रहेका केही शब्दहरु परिवर्तन गर्न भनेको थियो। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया भन्छन्, ‘राप्रपाले संवैधानिक राजतन्त्र र हिन्दूराज्य कायम गर्नु हाम्रो उद्देश्य हो भनेर ल्यायो। संवैधानिक राजतन्त्र र हिन्दूराज्य कायम रहने उद्देश्य रहेको पार्टी दर्ता हुन्छ कि हुँदैन? हिजोअस्ति अरुले पनि विभिन्न कुरा लिएर आए। कसैले संघात्मक प्रणाली खारेज गरी एकात्मक राज्य व्यवस्था कायम गर्ने भने। कसैले स्वराज स्थापना गर्ने र आ-आफ्नो राज्य आफैं चलाउने भने। माओवादीले वर्ग संघर्षको माध्यमबाट साम्यवाद स्थापना गर्ने भन्यो। वर्ग संघर्ष गर्न अहिलेको संविधानले दिन्छ कि दिँदैन? साम्यवाद ल्याउन दिन्छ कि दिदैन? त्यस्ता कुरा हामीले मानेनौं।'

आयोगले आफ्नो विधानप्रति प्रश्न उठाएपछि माओवादी केन्द्रको आठौं महाधिवेशनले प्रस्ताव नै पारित गरेर आपत्ति प्रकट गरेको थियो। पारित गरिएको ४५ बुँदे निर्णयको सातौं बुँदामा भनिएको थियो- ‘निर्वाचन आयोगले विचारको आधारमा पार्टी गठन गर्ने संविधानको भावनाविपरीत पार्टीको विधानमा केही उल्लेखित विचारमाथि अनधिकृत हस्तक्षेप गरी अनुचित निर्देशन गरेकोमा त्यसप्रति यो महाधिवेशन कडा असहमति र आपति प्रकट गर्दै त्यसबारे आवश्यक कदम चाल्न पार्टी केन्द्रीय समितिलाई निर्देशन दिन्छ।'

आयोगको पछिल्लो गतिविधिले दल निर्माणको औचित्य र उनीहरुको व्यापक उद्देश्यलाई खुम्च्याउन खोजेको आरोप लाग्ने गरेको छ।

दलहरुले विधानमा लेखेका जुन शब्दहरुप्रति अहिले आयोगले प्रश्न उठाइरहेको छ, ती नयाँ शब्द होइनन्। दलहरुले आफ्ना दस्तावेजहरुमा ती शब्द लेख्दै नै आएका थिए। त्यसलाई विधानमार्फत् घोषित उद्देश्य पनि बनाउँदै आएका थिए। सोही आधारमा जनताको मतबाट अनुमोदित हुँदै पटक-पटक सत्ताको नेतृत्व पनि गरेका छन्। तर, आयोग पछिल्लो समय भने तिनै घोषित उद्देश्य उल्लेख गरिएका दलको विधानप्रति अनुदार भएको देखिन्छ। त्यसका लागि उसले संविधान र कानुनको हवाला दिने गरेको छ। ‘दलहरुको विधान आयोगले प्रमाणित गरिदिनुपर्छ। दलहरुले आफ्नो नीति, कार्यक्रम, योजनामा लेख्ने कुरा उनीहरुकै विषय भयो। संविधानको परिधिभित्र रहेर गर्न पाउने कुरा गरे हुन्छ। तर, आयोगमा पेस गर्ने कागजातमा त संविधान र कानुनले नचिनेका कुराहरु राख्दा हामीले दस्तखत गर्न सक्दैनौं,’ थपलिया भन्छन्।संविधानको धारा २६९ मा समान राजनीतिक विचारधारा, दर्शन र कार्यक्रममा प्रतिबद्ध व्यक्तिहरुले राजनीतिक दल गठन गरी सञ्चालन गर्न र दलको विचारधारा, दर्शन र कार्यक्रमप्रति जनसाधारणाको समर्थन र सहयोग प्राप्त गर्नको लागि त्यसको प्रचार र प्रसार गर्न, गराउन र सो प्रयोजनका लागि अन्य आवश्यक काम गर्नसक्ने भनिएको छ। सोही धारामा ‘कुनै राजनीतिक दलको नाम, उद्देश्य, चिह्न वा झन्डा देशको धार्मिक वा साम्प्रदायिक एकतामा खलल पार्ने वा देशलाई विखण्डित गर्ने प्रकृतिको रहेछ भने त्यस्तो राजनीतिक दल दर्ता हुने छैन’ भनिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

अर्कोतिर, फरक-फरक दलका फरक-फरक मान्यता रहँदारहँदै पनि सम्झौताको दस्तावेजको रुपमा संविधान जारी भएको थियो। त्यसैले पनि सैद्धान्तिक रुपमै सबै दलका मान्यता संविधानमा पूर्णरुपमा उल्लेख छैनन्। दलहरुको उद्देश्यको व्यापकतालाई संविधानले समेट्न सम्भव पनि थिएन। त्यसैले पनि दलहरुले जनताबाट अनुमोदित भएर संविधानका केही निश्चित प्रावधानबाहेक सबै परिवर्तन गर्न सकिन्छ। संविधानको धारा २७४ (१) ले ‘नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौमसत्ताको प्रतिकूल हुनेगरी यो संविधान संशोधन गर्न सकिने छैन' भनेको छ। अर्थात्, ती बाहेकका जुनसुकै उद्देश्य राख्न र जनमतबाट अनुमोदित भएर संविधान संशोधन गर्न पाइन्छ।

संविधान जारी हुँदाको परिस्थिति, यसका प्रति राखिने मान्यता र केही सीमित विषयलाई छाडेर दलहरुले आफ्नो आस्था अनुसार संगठित हुन र उदेश्य प्राप्तीको लागि प्रयत्न गर्न सक्छन्। अझ हाम्रै विगत हेर्ने हो भने संविधानले तोकेका भन्दा व्यापक लक्ष्य राखेर पार्टीहरुका गतिविधि भएका थिए। संविधान नै नमानेका राजनीतिक दलहरुकै प्रयत्नमा संविधान नै खारेज भएका थिए। राजनीतिक (दलहरुका) मान्यता संविधानबाट दायाँबायाँ हुन नहुने हो भने अहिलेसम्म २०१९ वा २०४७ सालकै संविधान कायमै रहन्थे भन्नेहरु पनि छन्। संविधानमै प्रतीकका रुपमा रहेका राष्ट्रिय चिन्ह वा राष्ट्रिय जनावरलाई चुनाव चिन्हका रुपमा प्रयोग गर्न मिल्ने वा नमिल्ने भन्नेबारे बहस हुनसक्छ। तर, कुनै दलको राजनीतिक आस्था र मान्यता नै आयोगले किटान गर्न थाल्नु कुनै हिसाबले उचित नभएको टिप्पणी भइरहेको छ।

पहिलेका संविधानले संविधानको विरोध गर्न अधिकार नदिएको भए पनि अहिलेको संविधानले त संविधानकै विरोध गर्ने अधिकार पनि दिएको बताउँछन्, राष्ट्रिय सभा सदस्य तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारी। ‘हाम्रो संविधानले के-के चिज बदल्न पाइँदैन, संशोधन हुँदैन भनेर लेखेकै छ,’ उनी भन्छन्, ‘त्यसबाहेक सबै राजनीतिक दलहरुले आफ्नो आस्था अनुसारको कुरा गर्न पाउँछन्। राजा फर्काउँछु भन्न पनि पाउँछन्। साम्यवाद ल्याउँछु भन्न पनि पाउँछन्। कसैले रोक्न र छेक्न सक्दैन। निर्वाचन आयोगले संविधानले रोक लगाएका विषय हेर्ने हो। दलको विधान लोकतान्त्रिक छ कि छैन भनेर हेर्ने हो। अर्काको घोषणापत्र संशोधन गर्ने अधिकार उसलाई हुँदैन।'

आयोगको पछिल्लो गतिविधिले दल निर्माणको औचित्य र उनीहरुको व्यापक उद्देश्यलाई खुम्च्याउन खोजेको आरोप लाग्ने गरेको छ। तर, आयोगले भने त्यस्ता प्रश्न गर्नेहरुलाई अदालत जान सुझाउने गरेको छ। ‘अदालत गएर व्याख्या गरेर ल्याउनुस्,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले दलहरुलाई सुझाव दिए, ‘अदालतले दलहरुले भनेजस्तै व्याख्या गरिदियो भने हामी दस्तखत गरिदिन्छौं।’ 

दलका नेताहरुले भने निर्वाचन आयोगमा पछिल्लो समय दलको जस्तै 'राजनीति' गर्ने रुचि देखिँदै गएको टिप्पणी गर्न थालेका छन्।

प्रकाशित मिति: आइतबार, माघ ९, २०७८  २०:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले हालैको दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण भारत हुने र यस वर्षको अन्त्... सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सहकारीमा राष्ट्र बैंकको निगरानी, १२ संस्थाको निरीक्षणमा भेटिए यस्ता कमजोरी सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्