• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

रुस-युक्रेन संकट : ७ सवालको जवाफबाट बुझ्नुहोस्

पल किर्बी सोमबार, माघ १०, २०७८  ०७:०५
1140x725

के रुसको सेना युक्रेनमाथि हमला गर्ने तयारीमा जुटेको हो?

युक्रेनसँग जोडिएको आफ्नो सीमामा रुसले १ लाख भन्दा बढी सैनिक तैनाथ गरेपछि प्रश्न उठिरहेको छ। रुसले युक्रेनमाथि आक्रमण गर्ने योजनाका विषयमा उठेको प्रश्नको उत्तर 'होइन' भन्ने दिएपनि तनाव भने बढिरहेको छ। 

अमेरिकी राष्ट्रपति जो बाइडेलने समेत युक्रेनमाथि सैनिक कारबाहीको आशंका जनाएका छन्। बाइडेनले गत बुधबार भनेका थिए, 'मेरा रुसी समकक्षी भ्लादिमिर पुटिन युक्रेनमाथि हस्तक्षेप गर्छन् र युद्धसँग भने जोगिन खोज्नेछन्।' बाइडेनले युक्रेनमाथि रुसको सानो हस्तक्षेपको आशंका गरेका हुन्। 

बाइडेनको यो भनाइपछि युक्रेनमा उनको आलोचना भइरहेको छ। आइतबारको भाषणमा राष्ट्रपति बाइडेन आफ्नो पुरानो भनाइबाट पछि हटेका छन्। उनले पूर्वभनाइ सच्याउँदै भने, 'युक्रेनमा रुसी सेनाको कुनै पनि प्रकारको घुसपैठलाई हमलाका रुपमा लिइनेछ।'

अमेरिकाका तर्फबाट युक्रेनलाई सैनिक मद्दतको मञ्जुरी मिलेपछि यही हप्ता हतियारको पहिलो खेप युक्रेन पुगेको छ। यसमा सीमामा खटिएका सैनिकका लागि हतियार समेत सामेल गरिएको छ।

बेलायती विदेश मन्त्रालयले भनेको छ- रुस युक्रेनमा यस्तो नेता चाहन्छ, जसले उसको समर्थन गर्छ। मन्त्रालयले युक्रेनका चार पूर्वनेताहरुको नाम सार्वजनिक गर्दै थपेको छ, 'यी नेताहरुको सम्बन्ध रुसी खुफिया विभागसँग छ र रुसले उनीहरुलाई सम्भावित उम्मेदवारका रुपमा हेरिरहेको छ।'

युक्रेनलाई लिएर पश्चिमा देशसँग रुसले केही माग राखेको छ। त्यसमा पनि उसले जोड दिएर भनेको छ- युक्रेन कहिल्यै नेटोको सदस्य बन्नुहुँदैन र नेटो गठबन्धनले पूर्वी यूरोपमा आफ्ना सबै सैन्य गतिविधि रोक्नुपर्छ।

यस्तो अवस्थामा अगाडि के हुन सक्छ, जसले पूरै युरोपको सुरक्षातन्त्र खतरामा पर्न सक्छ? रुस र युक्रेनको ताजा तनाव हामी सात उपशीर्षकबाट बुझ्ने प्रयास गर्दैछौं।

Ncell 2
Ncell 2
nimb
nimb

१. रुस आखिर किन युक्रेनलाई धम्क्याइरहेको छ ?
युक्रेनको सीमामा एक लाख भन्दा बढी सैनिक जम्मा गरेपछि रुसले हमलाको योजना भने इन्कार गरेको छ। रुस पहिलेदेखि नै खासगरी नेटोसँग युक्रेनको सम्बन्धको विरोध गर्दै आइरहेको छ। 

युक्रेनको सीमा पश्चिम यूरोपेली देश र पूर्वमा रुससँग जोडिएको छ। जबकी जनसंख्याको ६ भाग रुसी मूलका भएकाले युक्रेनसँग रुसको गहिरो सामाजिक र सांस्कृतिक सम्बन्ध छ। 

युक्रेनले सन् २०१४ मा जब रुस समर्थक राष्ट्रपतिलाई पदबाट हटायो, त्यसबाट रिसाएर रुसले दक्षिण युक्रेनको क्रिमिया प्रायद्वीप आफ्नो कब्जामा लिएको थियो। 

साथै त्यहाँ पृथकतावादीलाई समर्थन गर्‍यो, उनीहरुले पूर्वी युक्रेनको ठूलो हिस्सा आफ्नो कब्जामा लिन सफल भए। त्यहीबेलादेखि रुस समर्थक विद्रोही र युक्रेनी सेनाबीच लडाइँ चलिरहेको छ। लडाइँमा १४ हजार भन्दा बढी मारिइसकेका छन्। 

Xtrem

Xtrem

२. हमलाको खतरा कति छ?
रुस लगातार भनिरहेको छ- युक्रेनमाथि हमलामा उसको कुनै योजना छैन। रुसी सेनाका प्रमुख वालेरी गेरासिमोवले हमलाको योजनासँग सम्बन्धित समाचारको खण्डन गरेका छन्। 

तर, दुवैपक्षबीच तनाव चरममा पुगेको छ। रुसका राष्ट्रपति पुटिनले चेतावनी दिँदै भनेका छन्- पश्चिमा शक्तिको आक्रामक व्यवहार यस्तै रह्यो भने उपयुक्त जवाफी कदम उठाइनेछ।

नेटो महासचिवले चेतावनी दिएका छन् कि युक्रेनलाई लिएर संघर्षको खतरा वास्तविक हो। अमेरिकी राष्ट्रपति बाइडेन पनि मान्छन्, रुस अघि बढ्न सक्छ। अमेरिकाले भनेको छ- युक्रेनको सीमामा रुसी शक्ति केही समयमै जम्मा हुने कथित योजनाका बारेमा जानकारी छ।

पृथकतावादी र युक्रेन सेनाका बीच संघर्ष केही वर्षदेखि जारी छ। जबकी अहिले दुवै पक्षबीच युद्धविराम चलिरहेको छ।

चिन्ताको विषय यो छ कि युक्रेनको सीमानजिकै रुसका एक लाख भन्दा बढी सेना एकत्रित छन्। यसलाई लिएर रुसले कुनै स्पष्टीकरण नदिएको अमेरिकाले बताएको छ। अहिले त रुसी सेना अभ्यासका लागि बेलारुसतर्फ गइरहेका छन्। 

रुसका उपविदेशमन्त्री सर्गेइ रयाबकोवले मौजुदा हालतको तुलना सन् १९६२ को क्‍युबा मिसाइल संकटसँग गरेका छन्। त्योबेला अमेरिका र सोभियत संघ परमाणु संघर्षका नजिक पुगिसकेका थिए। 

पश्चिमी खुफिया एजेन्सी सन् २०२२ मा रुसले युक्रेनमाथि हमला गर्ने प्रबल सम्भावना रहेको बताइरहेका छन्। 

३. रुस नेटोसँग के चाहन्छ?
रुसले नेटोसँग आफ्नो सम्बन्धलाई नयाँ रुप दिनका लागि आफ्नो पक्षका कुराहरु राखेको छ। विदेशमन्त्री सर्गेइले भनेका छन्, 'हाम्रा लागि यो तय गर्न जरुरी छ कि युक्रेन कहिल्यै नेटोको सदस्य बन्न नसकोस्।'

नेटोमा आबद्ध देशहरुसँग रुसको आरोप छ कि उनीहरु लगातार युक्रेनलाई हतियार आपूर्ति गरिरहेका छन् र अमेरिका दुई देशबीचको तनाव बढाइरहेको छ। पुटिन भन्छन्, 'हामी यत्ति बसिरहन्छौं भन्ने तपाईंलाई लागिरहेको छ? रुस अब पछि हट्दैन।'

वास्तवमा रुसको चाहना छ, नेटोका सेना सन् १९९७ को पहिलेजस्तै सीमामा फर्किउन्। उसको माग छ, नेटो गठबन्धन पूर्वमा आफ्ना सेनालाई अगाडि नबढाओस्। पूर्वी युरोपमा आफ्ना सैन्य गतिविधि बन्द गरोस्।

यसको अर्थ हो, नेटोले पोल्यान्ड र बाल्टिक देशहरु एस्टोनिया, लातविया र लिथुआनियाबाट आफ्ना सेना फिर्ता बोलाउनुपर्छ। साथै पोल्यान्ड र रोमानिया जस्ता देशमा आफ्ना मिसाइल तैनाथ गर्न पनि उसले पाउँदैन।

रुसले अमेरिकासँग एक सम्झौता गर्ने प्रस्ताव गरेको छ, जुन सम्झौताका कारण ऊ आफ्नो देशको इलाकाभन्दा बाहिर परमाणु हतियार तैनाथीमाथि रोक लगाओस्। 

४. युक्रेनसँग रुसको माग के हो?
रुसले सन् २०१४ मा क्रिमियामाथि कब्जा गर्दा भनेको थियो- यो प्रायद्वीपमा उसको ऐतिहासिक दाबी छ। युक्रेन सोभियत संघको अंग रहिसकेको छ। 

सन् १९९१ को सोभियत संघ पतनलाई पुटिन ऐतिहासिक रुसको विघटनका रुपमा सम्झिन्छन्। 

गत वर्ष उनले एक लामो लेखमा रुसी र युक्रेनीलाई समान राष्ट्रियतावाला बताएका थिए। यसबाट पुटिनको सोच थाहा लाग्ने विज्ञहरु बताउँछन्। पुटिनले भनेका छन्- युक्रेनका वर्तमान नेता रुस विरोधी प्रोजेक्ट चलाइरहेका छन्। 

रुस युक्रेनमा चलिरहेको संघर्षका लागि सन् २०१५ मा भएको मिनिस्क शान्ति सम्झौता पूरा नभएकोमा पनि वेखुशी छ।

५. के रुसी कारबाही रोक्न सकिन्छ?
रुसी राष्ट्रपति पुटिनले पटक-पटक भनेका छन्- जो बाइडेनसँग अन्य उच्चस्तरीय वार्ता जारी रहनुपर्छ। जबकी रुसी अधिकारीले चेतावनी दिएका छन्- रुसका प्रमुख माग नकार्नुको नतिजा खतरनाक हुन्छ।

आखिर रुस कहाँसम्म पुग्छ?

अमेरिकी राष्ट्रपति बाइडेनले चेतावनी दिएका छन्- युक्रेनमाथि पूर्ण आक्रमणको रुसका लागि गम्भीर परिणाम हुन्छ। तर, रुसको सामान्य हस्तक्षेपमा पश्चिमी देशबीच असहमति पैदा हुन सक्छ।

ह्वाइटहाउसले जोड दएको छ- रुस र युक्रेनको सीमामा कुनै पनि प्रकारको कारबाहीलाई हमला मानिनेछ। रुससँग साइबर हमला र प्यारामिलिट्री कारबाही जस्ता अन्य उपाय पनि छन्। 

अमेरिकी रक्षा मन्त्रालयले रुसले युक्रेनको पूर्वी सीमामा लडिरहेका आफू समर्थक विद्रोहीमाथि हमला गराउन सक्ने आशंका गरेको छ, ताकी त्यही बहानामा युक्रेनमाथि हमला गर्न सकियोस्। जबकी रुसले यो आरोपको खारेज गरेको छ। 

रुसमाथि यो आरोप पनि छ कि उसले विद्रोहीको कब्जामा रहेका इलाकामा ५ लाख पासपोर्ट बाँडेको छ, ताकी उसको मनशाय पूरा नभएमा आफ्ना नागरिकको सुरक्षाको आडमा जस्तोसुकै कारबाही सही ठहर्‍याउन सकियोस्।

यदि रुसको एकमात्र लक्ष्य आफ्नो छिमेकबाट हटाउन बाध्य गर्नु हो भने, यसमा ऊ सफले हुने संकेत देखिँदैन। नेटोले आफ्नो हात बाँधिने कुनै पनि कोसिसलाई खारेज गरेको छ। 

उता युक्रेन नेटोमा सामेल हुने स्पष्ट समयसीमा चाहिरहेको छ। नेटोले पनि भनेको छ कि रुसलाई यो प्रक्रियामा दख्खल दिने कुनै हक छैन।

नेटोसँग सम्बन्ध नभएका स्वीडेन र फिनल्यान्ड, जो नेटोको सदस्य छैनन्, उनीहरुले पनि नेटोसँग सम्बन्ध प्रगाढ बनाउने कुरामा रोक्ने रुसको कोसिस खारेज गरेका छन्। 

६. पश्चिमा देश युक्रेनलाई कहाँसम्म साथ देलान्?
अमेरिकाले युक्रेनको सम्प्रभुता सुरक्षित गर्न उसको मद्दत गर्न प्रतिवद्ध रहेको बताइसकेको छ। ऊ हतियारका रुपमा युक्रेनमा सैन्य मद्दत पनि गरिरहेको छ।

तनाव कम गर्नका लागि पश्चिमा देशको मुख्य हतियार प्रतिबन्ध र सैन्य मद्दत पनि हो। अमेरिकी राष्ट्रपति बाइडेनले रुसले युक्रेनमाथि हमला गर्दा प्रतिबन्ध लगाउने बताएका छन्। 

त्यो रुसका लागि सबैभन्दा ठूलो आर्थिक झट्का हुन सक्छ। रुसको बैंकिङ प्रणाली अन्तर्राष्ट्रिय स्विफ्ट पेमेन्ट प्रणालीबाट विच्छेद गरिन सक्छ। यो अन्तिम उपाय हो।

७. के पश्चिमी शक्ति मिलेर कदम उठाउँछन्?
अमेरिकाले आफ्ना सहयोगीसँग मिलेर काम गर्न प्रतिबद्ध रहेको जनाएको छ। तर, अमेरिका र युरोपियन देशबीच मतभेद छ। 

युरोपियन नेता जोड दिएर भनिरहेका छन्- रुस आफ्नो भविष्य केवल अमेरिकासँग मिलेर तय गर्न सक्दैन। फ्रान्सको प्रस्ताव छ, 'युरोपियन शक्ति नेटोसँग मिलेर अघि बढ्नुपर्छ। अनि रुससँग कुरा हुनुपर्छ।'

युक्रेनका राष्ट्रपति चाहन्छन् कि यस संकटको समाधान खोज्नका लागि एक अन्तर्राष्ट्रिय सम्मेलन बोलाउनुपर्छ। जहाँ रुससँगै फ्रान्स र जर्मनी सामेल हुनुपर्छ। 

यी चारै देशका नेता नियमित रुपमा कुराकानी गरिरहेका छन्। तर, राष्ट्रपति पुटिनको माग छ- युक्रेनमाथि कुनै सम्झौता त्यतिबेला मात्रै हुन्छ, जब नेटोसँग सम्बन्धित आफ्ना माग पूरा हुन्छन्।

बीबीसी हिन्दीबाट

 

प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस
सम्बन्धित सामग्री
गाजामा इजरायलको कडा चेतावनी रक्षामन्त्री इजरायल काट्जले गाजाबाट इजरायली सेनामाथि आक्रमण भए गाजाका मानिसले ‘भारी मूल्य’ चुकाउनुपर्ने चेतावनी दिएका छन् । मंगलबार, असोज २०, २०८३
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई: ‘Ghost Particle’ न्युट्रिनो खोजको सम्मान रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले हेल्जेनलाई ‘आइसक्युब न्यूट्रिनो अब्जर्भेटरी’मा महत्त्वपूर्ण योगदान पुर्‍याएको तथा अन्तरिक्षबाट पृ... मंगलबार, असोज २०, २०८३
नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु दक्षिणी नाइजेरियाको बेनिन सहरबाट लागोसतर्फ गइरहेको दुई इन्जिनयुक्त टर्बोप्रप विमान सोमबार ओन्डो राज्यको इग्बोकाडा क्षेत्रमा दुर्घटना... मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्