काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार घटेको छ। आज पुँजी बजार मापन परिसूचक नेप्से १०.८३ अंकले घटेर २९२०.५१ अंकमा पुगेको छ। गत साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ३२.९६ प्रतिशतले बढेर २९३१.२६ विन्दुमा पुगेको थियो।
बिहीबारको भन्दा आज कारोबार रकम भने बढेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार गत बिहीबार पाँच अर्ब ७७ करोड ३१ लाख २० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज सात अर्ब ३० करोड ५० लाख ८२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने बढेको छ। आइतबार यस्तो सूचक ०.०६अंकले बढेर ५४३.८० विन्दुमा पुगेको छ।
आइतबार २३२ कम्पनीको १ करोड ४७ लाख चार हजार २७७ कित्ता सेयर किनबेच भएको छ। कारोबारमा आएकामध्ये ४६ कम्पनीको सेयर मूल्य उकालो लागेको छ। यसैगरी, १३८ कम्पनीको सेयर मूल्य घटेको छ भने बाँकी सात कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जानकारी दिएको छ।
आज खरिद बिक्रीमा नेपाल दूरसञ्चार कम्पनी र अपि पावर कम्पनी अग्रस्थानमा रहेका छन्। आज कारोबारमा आएका तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। आज सबैभन्दा धेरै सामलिङ पावर कम्पनीको सेयर मूल्य घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।