काठमाडौ– विश्वभर पछिल्लो २४ घण्टामा ३६ लाख ३१ हजार ९३४ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै विश्वभर कुल संक्रमितको संख्या ३४ करोड ६७ लाख नाघेको छ।
पछिल्लो केही दिनदेखि अमेरिका र युरोपमा संक्रमण बढेसँगै दैनिकसंक्रमितको संख्यासमेत उच्च हुन थालेको हो। पछिल्लो २४ घण्टामा अमेरिकामा ७ लाख ७८ हजार भन्दाबढी, फ्रान्समा ४ लाख ८ हजार, इटलीमा १ लाख ७९ हजार, बेलायतमा ९५ हजार संक्रमित थपिएका छन्।
सो अवधिमा १६ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् भने ९ हजार २५ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ३५ हजारभन्दा बढी संक्रमित थपिँदा ४८९ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।