काठमाडौं- इरान, रुस र चीनले हिन्द महासागरमा संयुक्त नौसैनिक अभ्यास सुरु गरेका छन्। शुक्रबारदेखि यी तीन देशले संयुक्त युद्ध अभ्यास सुरु गरेका हुन्।
इरानको सरकारी समाचार एजेन्सी इरनाले समुद्री लुटेराहरूलाई नियन्त्रण गर्ने उद्देश्यले यो अभ्यास गरिएको जनाएको छ।
समाचारमा जनाइएअनुसार तीन देशका नौसेना र हवाई एकाइहरूले युद्ध अभ्यासको क्रममा अन्तर्राष्ट्रिय समुद्री क्षेत्रमा दुईवटा अपहरण गरिएका व्यापारी जहाज मुक्त गरेका थिए।
सोमालियाली समुद्री लुटेराहरुले यस क्षेत्रमा बारम्बार आक्रमण गर्ने गरेका छन्। नोभेम्बरको सुरुमा सोमाली लुटेराहरूले दुई हप्तामा दोस्रो पटक अडेनको खाडीमा इरानी तेल ट्याङ्कर अपहरण गर्ने प्रयास गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।