• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना भाइरस : प्राकृतिक रूपमा बन्ने ‘एन्टिबडी’ र खोपमा कुन बढी प्रभावकारी?

64x64
नेपाल लाइभ मंगलबार, माघ ११, २०७८  ०७:०२
1140x725

काठमाडौं– विश्वभर कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढिरहँदा डेल्टा स्ट्रेनले पनि अहिले जोखिम निम्त्याइरहेको छ। यसबीच एक अध्ययनले अमेरिकामा डेल्टा भेरियन्टका कारण आएको कोरोनाको लहरमा पूर्वसंक्रमितहरु खोप लगाउनेभन्दा बढी सुरक्षित भएको देखाएको छ। 

संक्रमण नभएका र खोप लगाएकाभन्दा खोप नलगाएका तर पहिले संक्रमित भएकाहरूमा यो भेरियन्टले कम असर गरेको उक्त अध्ययनले देखाएको छ। पुर्वसंक्रमितमा शरीरले नै कोरोना भाइरससँग लड्ने ‘एन्टिबडी’ बनाउँछ।

एनडीटीभीमा प्रकाशित समाचार अनुसार कोरोना संक्रमण भएपछि शरीरमा बन्ने प्राकृतिक प्रतिरोधक क्षमता कोरोना भ्याक्सिनको तुलनामा बढी प्रभावकारी हुन्छ। अमेरिकामा गरिएको उक्त अध्ययनले पनि यसलाई पुष्टि गरेको छ। तर, खोप नलगाउनेहरूमा भने संक्रमण भइहाले अस्पताल भर्ना हुनुपर्ने, दीर्घकालीन असर गर्ने र मृत्यु हुने दर बढी हुने पाइएको छ।

‘युएस सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिवेन्सन (सीडीसी)’का अनुसार भाइरसले निरन्तर आफ्नो स्वरूप परिवर्तन गरिरहेको हुन्छ, जसमा कोभिड–१९ संक्रमण निम्त्याउने भाइरस पनि पर्छ। सीडीसीले भनेको छ, ‘खोप लगाएर प्राप्त सुरक्षा र संक्रमण भएपछि शरीरमा बन्ने रोग प्रतिरोधात्मक क्षमताका कारण हुने सुरक्षाको स्तरमा अध्ययन गर्दा फरकपन पाइएको छ। तर, अहिले कोभिडबाट बच्न सबैभन्दा सुरक्षित उपाय भने खोप लगाउनु नै हो।’

यो अध्ययन ओमिक्रोन भेरियन्टको उदय हुनुभन्दा पहिले नै गरिएको थियो। ओमिक्रोन भेरियन्टले खोप र संक्रमणपछि शरीरमा उत्पन्न हुने ‘इम्युनिटी’ दुवैलाई कमजोर देखाएर मानिसलाई निरन्तर संक्रमित बनाइरहेको छ। ३० मेदेखि ३० नोभेम्बर २०२१ बीच अमेरिकाको न्युयोर्क र क्यालिफोर्नियामा संक्रमितहरुमा गरिएको अध्ययनअनुसार डेल्टा भेरियन्टको कहर आउनुअघि खोपले धेरै मात्रामा प्रतिरक्षा गरेको थियो। संक्रमणपछि शरीरमा बन्ने एन्टिबढीको तुलनामा खोप नै बढी प्रभावशाली पाइएको थियो। तर, गत वर्षको जुनको अन्त्य र जुलाईमा कोरोना भाइरसमा आएको बदलाव र डेल्टा भेरियन्टको आतंकपछि भने खोपको प्रभावकारितामा पनि परिवर्तन आएको थियो।

गएको अक्टोबरको सुरुवातको तथ्यांक अनुसार खोप नलगाएका र कोरोना संक्रमण पनि नभएका व्यक्तिमा संक्रमण उच्च थियो। खोप लगाउनेमा भने यसको असर कम देखिएको थियो। क्यालिफोर्नियामा खोप लगाएका मानिसहरूमा ६ प्रतिशत र न्युयोर्कमा ५ प्रतिशतलाई कम संक्रमण पुष्टि भएको थियो। उनीहरुमा पनि पहिल्यै कोरोना संक्रमण भएकामा यो संख्या थप कम पाइएको थियो। खोप नलगाएका र कोरोना संक्रमण पनि नभएकाहरूभन्दा खोप लगाएका वा खोप नलगाए पनि पहिल्यै कोरोना संक्रमण भएकामा तुलनात्मक रूपमा कम संक्रमण देखिएको थियो।

खोपसँगै पूर्वसंक्रमितहरु कोरोना भाइरसको संक्रमणको जोखिमबाट अरूको तुलनामा बढी सुरक्षित हुने देखिएको छ। अस्पतालमा भर्ना हुने बिरामीमा पनि यो प्रवृत्ति देखिएको छ।

सीडीसीले गरेको अध्ययनमा मुख्य गरी डेल्टा भेरियन्टका संक्रमितहरुको तथ्यांकलाई विश्लेषण गरिएको थियो। जसमा यो भेरियन्टको उदय हुनुअघि खोपको प्रभावकारिता धेरै थियो। तर, यो भेरियन्ट आएपछि प्राकृतिक रुपमा शरीरमा निर्माण भएको एन्टिबडीको प्रतिरोधात्मक क्षमता बढी प्रभावकारी देखिएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

मिडआर्किभमा प्रकाशित एक अध्ययन प्रतिवेदन अनुसार प्राकृतिक रुपमा शरीरमा बनेको इम्युनिटी खोप लगाएपछि बन्ने इम्युनिटीभन्दा दीर्घकालीन र प्रभावकारी हुन्छ। इजरायलमा गरिएको उक्त अध्ययनअनुसार ‘प्राकृतिक रुपमा विकसित रोग प्रतिरोधात्मक क्षमता लामो समयसम्म रहन्छ र रोगसँग लड्ने क्षमता पनि खोप लगाएर प्राप्त हुने इम्युनिटीभन्दा बढी हुन्छ।’

तर, खोप लगाएका र पूर्वसंक्रमण दुवैबाट शरीरमा उत्पन्न हुने एन्टिबडी र रोग प्रतिरोधात्मक क्षमताको विषयमा अध्ययनहरुले स्पष्ट चित्र देखाएका छैनन्। केही विज्ञहरूले भने खोप नै बढी प्रभावकारी हुने दाबी पनि गरेका छन्। ह्यामबर्ग–एपेन्डोर्फस्थित मेडिकल विश्वविद्यालयमा संक्रामक रोगका प्रमुख रहेका जुलियन सुल्जे सुर वैस्चका अनुसार एक पटक संक्रमण भएर शरीरमा बनेको रोग प्रतिरोधात्मक क्षमता खोपको एउटा डोज लगाएजत्तिकै प्रभावकारी हुन्छ। कुनै पनि भेरियन्टमा यो लागू हुने उनको भनाइ छ। संक्रमणबाट प्राप्त रोग प्रतिरोधात्मक क्षमता ६ महिनापछि विस्तारै कम हुँदै जाने उनले बताएका छन्।

त्यस्तै, अमेरिकी सरकारले वृद्ध उमेरका मानिसहरूमा गरेको अध्ययनमा उनीहरूको शरीरमा खोपको प्रभावकारिता बढी देखिएको पाइएको थियो। पूर्वसंक्रमितको तुलनामा कोरोनाविरुद्धको खोप लगाएपछि शरीरमा विकास भएको क्षमताले उनीहरुलाई संक्रमण भइहालेमा गम्भीर अवस्थामा नलैजान मद्दत गरेको पाइएको थियो।

अर्कातिर, डेनमार्कमा गरिएको एक अध्ययनका अनुसार पूर्वसंक्रमितबाट प्राप्त एन्टिबडी कोरोना संक्रमणबाट बच्नका लागि प्रभावकारी पाइएको थियो। वयस्क तथा युवामा यसको प्रभावकारिता ८० प्रतिशतसम्म पाइएको थियो भने ६५ वर्षभन्दा माथिका वृद्धहरूमा पूर्वसंक्रमितबाट प्राप्त रोग प्रतिरोधात्मक क्षमता ४७ प्रतिशत मात्रै प्रभावकारी देखिएको थियो। २०२० को अन्त्यतिर आएको कोरोना महामारीको दोस्रो लहरमा गरिएका यी अध्ययनमा कोरोनाको पहिलो लहरका क्रममा संक्रमित भएकालाई निगरानीमा राखी अनुसन्धान भएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

ओमिक्रोनबारे अध्ययन अझै बाँकी
ओमिक्रोनमा खोप वा पूर्वसंक्रमणबाट बन्ने एन्टिबडीमध्ये कुन प्रभावकारी हुन्छ भन्ने यकिन तथ्यांक आएको छैन। ह्यामबर्ग–एपेन्डोर्फस्थित मेडिकल विश्वविद्यालयमा संक्रामक रोगका प्रमुख रहेका जुलियन भने यसमा पनि अन्य भेरियन्टमा जस्तै हुने बताउँछन्। उनका अनुसार विगत केही सातामा ओमिक्रोनबाट संक्रमित भएकाहरू आगामी केही महिनासम्म संक्रमण हुने जोखिमबाट टाढा रहन्छन्। प्राकृतिक संक्रमणका कारण शरीरमा उत्पादित रोग प्रतिरोधात्मक क्षमताले उनीहरूलाई निकट भविष्यमा छोटो समयमै संक्रमित हुन नदिने उनी बताउँछन्।

पूर्वसंक्रमितबाट प्राकृतिक रूपमा शरीरमा निर्माण भएको रोग प्रतिरोधात्मक क्षमता ओमिक्रोन विरुद्ध १९ प्रतिशतसम्म कम प्रभावकारी हुनसक्ने लण्डनमा भएको एक अध्ययनले देखाएको छ। सन् २०२१ को अन्त्यमा लण्डनस्थित इम्पिेरियल कलेजको कोभिड रेस्पोन्स टिमले यो अध्ययन गरेको थियो।

ओमिक्रोनमा कोरोना भाइरसका पूर्वभेरियन्टभन्दा फैलनसक्ने क्षमता अध्याधिक रहेकाले संक्रमणलाई कम गर्न पनि उत्तिकै क्षमताको एन्टिबडी आवश्यक हुन्छ। यसअघि दुई मात्र –पूर्ण मात्रा) वा संक्रमणबाट प्राप्त भएको रोग प्रतिरोधात्मक क्षमताले यसअघिका भेरियन्टसँग जुध्न सकेता पनि ओमिक्रोनको संक्रमणबाट बचाउनेमा स्पष्ट भइनसकेको जुलियन बताउँछन्। उनी भन्छन्, ‘तपाईं यसअघि संक्रमित भए पनि वा पूर्ण रूपमा खोप लगाएपछि बुस्टर लगाएमा यसले फेरि संक्रमण हुनबाट बचाउन सक्छ।’

(विभिन्न सञ्चारमाध्यम र प्रकाशित रिपोर्टका आधारमा तयार गरिएको)

प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८  ०७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित)
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्