• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना भाइरसबारे चीन र क्यानडाबीच नयाँ विवाद, के ओमिक्रोन चिठीबाट पठाउन मिल्छ?

64x64
नेपाल लाइभ आइतबार, माघ ९, २०७८  ०७:०२
1140x725

काठमाडौं- कोरोना भाइरसको पछिल्लो भेरियन्ट ओमिक्रोन संक्रमणबारे चीन र क्यानडाबीच अनौठो विवाद सुरु भएको छ। चीनका स्वास्थ्य अधिकारीहरूले क्यानडाबाट पठाइएको संक्रमित चिठीबाट बेइझिङमा ओमिक्रोन प्रवेश गरेको दाबी गरेका छन्। तर, क्यानडाका स्वास्थ्य विज्ञहरूले यसलाई अस्वीकार गरेका छन्। 

गएको सोमबार ‘द बेइजिङ सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोल’ (बीसीडीसी) ले जारी गरेको ‘न्यूज रिलिज’मा क्यानडाबाट अमेरिका र हङकङ हुँदै पठाइएको अन्तर्राष्ट्रिय ‘मेल’का कारण त्यहाँ पहिलो संक्रमित भेटिएको दाबी गरिएको छ। उक्त चिठी गएको जनवरी ७ मा पठाइएको र जनवरी ११ मा प्राप्त भएको बीसीडीसीले जनाएको छ। अनुसन्धान र प्राविधिक जाँचबाट उक्त चिठीमा ओमिक्रोन भेरियन्ट रहेको पाइएको चीनको दाबी छ।

गएको शनिबार बेइझिङस्थित एउटा भवनमा राखिएका कामदारलाई नियमित जाँचको क्रममा एक महिला ओभिक्रोनबाट संक्रमित भएको पाइएको थियो। आगामी महिना हुने हिउँदे ओलम्पिकअघि कोरोना संक्रमण फैलन नदिन चीनले कामदारहरूलाई तोकेको क्षेत्रबाहिर जान दिएको छैन। उनीहरू बसेकै स्थानमा लकडाउन गरेको छ। ती महिला संक्रमित भएको पाइनुभन्दा १४ दिनअघिसम्म अन्तर्राष्ट्रिय र राष्ट्रिय यात्रामा ननिस्किएको चीनको दाबी छ। ती महिलाले क्यानडाबाट आएको चिठी लिएको जनाइएको छ।

‘संक्षेपमा महामारीको इतिहास, शंकास्पद वस्तुको परीक्षण नतिजा र जिन सिक्वेन्सको नतिजाको संयोजनले विदेशी वस्तुहरूबाट भाइरस फैलिने संभावनालाई नकार्न सकिँदैन,’ बीसीडीसीले भनेको छ। विदेशी सामान खरिदलाई न्यून गर्न र अन्तर्राष्ट्रिय मेल प्राप्त गर्दा मास्क र डिस्पोजेबल पञ्जा लगाउन पनि बीसीडीसीले आग्रह गरेको छ।

ओमिक्रोनलाई अहिलेसम्मको सबैभन्दा संक्रामक भाइरस मानिएको छ। तर, यो डेल्टा जति घातक भने नभएको वैज्ञानिकहरूको दाबी छ। बेइझिङबाहेक चीनका कम्तीमा चार प्रान्त र नगरपालिकाहरूमा ओमिक्रोन भेटिएको दाबी गरिएको छ। उत्तरी शहर तियानजिन, मध्य प्रदेश हेनान, दक्षिणी प्रदेश गुआङडोङ र उत्तरी प्रदेश लिआओनिङमा ओमिक्रोनका संक्रमित भेटिएका हुन्। यद्यपि, चीनमा भएका ओमिक्रोनका कुल संक्रमितबारे केही बताइएको छैन।

विज्ञहरू के भन्छन्?
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार कोभिड–१९ संक्रमित सामग्रीहरूबाट पनि फैलिन सक्छ। तर, तत्कालका प्रमाणहरूले भने कोरोना भाइरस श्वासप्रश्वासबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलने डब्लूएचओले आफ्नो वेभसाइटमा उल्लेख गरेको छ।

महामारी नियन्त्रणविज्ञ तथा टोरोन्टो युनिभर्सिटीका सहायक प्राध्यापक कोलिन फरनेसले पनि चीनको दाबी विश्वसनीय नभएको बताए। उनका अनुसार कोरोना भाइरसको कागजमा बाँच्ने क्षमता कागजको नरमपनामा निर्भर गर्दछ। कोरोना भाइरस कागजमा एक वा दुई दिनभन्दा बढी नबाँच्ने उनको दाबी छ।

क्यानडाको ओन्टारियोस्थित क्विन्स युनिभर्सिटीका संक्रामक रोगविज्ञ डा. जेराल्ड इभान्सका अनुसार यो ‘अकल्पनीय’ हो कि क्यानडाबाट पठाएको चिठीमा त्यस्तो संक्रामक भाइरस हुन् र ती चीनमा कोभिड–१९ फैलाउन सक्षम रहुन्। उनले ग्लोबल न्युजसँग भनेका छन्, ‘कोभिड–१९ को कारण मानिएको भाइरस सार्स–कोभ–२ कुनै संक्रमित होस्ट वा व्यक्तिभन्दा बाहिर त्यति लामो समयसम्म रहन सक्दैन।’ डा. इभान्सले गत हप्ता सार्वजनिक ब्रिस्टोल युनिभर्सिटीको एक अध्ययनलाई उधृत गर्दै भनेका छन् कि संक्रमित व्यक्तिले श्वास फेर्दा बाहिर निस्किएका भाइरसले २० मिनेटपछाडि ९० प्रतिशत संक्रामकपन गुमाउँछ। तर, पाँच मिनेटपछि नै यस्ता भाइरसको संक्रमण गर्ने प्रमुख शक्ति क्षति भइसकेको हुन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

महामारी नियन्त्रणविज्ञ तथा टोरोन्टो युनिभर्सिटीका सहायक प्राध्यापक कोलिन फरनेसले पनि चीनको दाबी विश्वसनीय नभएको बताए। उनका अनुसार कोरोना भाइरसको कागजमा बाँच्ने क्षमता कागजको नरमपनामा निर्भर गर्दछ। कोरोना भाइरस कागजमा एक वा दुई दिनभन्दा बढी नबाँच्ने उनको दाबी छ। ‘खामभित्र त कागजपत्रको घर्षणका कारण एक दिन पनि बाँच्न मुस्किल देखिन्छ,’ उनले भनेका छन्।

ब्रिटिश कोलुम्बिया युनिभर्सिटीका संक्रामक रोगविज्ञ डा. होरासिओ बाखका अनुसार ओमिक्रोन बढी संक्रामक भए पनि यो अन्य भेरियन्टजस्तै गरी फैलिन्छ। अर्थात्, मुख्यगरी मान्छेबाट मान्छेमा नै बढी फैलिन्छ।

क्यानडाको पोष्टले भने डब्लूएचओ र पब्लिक हेल्थ एजेन्सी अफ क्यानडा (पीएचएसी) लाई उधृत गर्दै चिठीपत्र खोल्दा जोखिम कम हुने उल्लेख गरेको छ। क्यानडा पोष्टको वेभसाइटमा भनिएको छ, ‘पीएचएसीका अनुसार क्यानडाभित्र पार्सल वा प्याकेजमा जोखिम भएको जानकारीमा छैन।’

क्यानडा सरकारको प्रतिक्रिया के छ?
क्यानडाका संघीय स्वास्थ्य मन्त्री जाँ–यीभ डुक्लोसले गएको सोमबार पत्रकार सम्मेलन गर्दै चिठीको एक टुक्रोले ओमिक्रोन भेरियन्ट बेइझिङ प्रवेश गरेको भन्नु ‘एउटा असाधारण दृष्टिकोण’ भएको बताए। चीनले किन त्यस्तो दाबी गरिरहेको छ भन्ने आफ्नो व्यक्तिगत धारणाहरू भएको बताए। उनले कोभिड प्रसारणबारे विज्ञहरूलाई पत्याउनुपर्ने पनि बताए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘हामीले आधिकारिक रूपमा हाम्रा विश्वभरिका साझेदारसँग जाँच गरेका छौँ,’ डुक्लोसले भने, ‘मलाई लाग्छ यो कुनै नयाँ होइन, तर चाखलाग्दो हो। हामीले अन्तर्राष्ट्रिय र राष्ट्रिय रुपमा गरिरहेका कामसँग यो मिल्दैन।

क्यानडाका कन्जरभेटिभ नेता एरिन ओ’टूलले चीनको भनाइलाई हास्यास्पद बताएका छन्। ‘निश्चय नै महामारीको बेला हामी यस्ता भेरियन्टसँग सचेत छौँ, यी भेरियन्टहरू क्यानडाबाहिरबाट आएका छन् र अहिले हामी तिनको सामना गरिरहेका छौँ,’ सोमबारको पत्रकार सम्मेलनमा ओ’टूलले भने, ‘यस्ता कथाहरूले यो महामारीको सुरुदेखि नै चीनबाट बाहिर आएका सूचनामा विश्वास गर्न सकिँदैन भन्ने विश्वास दिलाउँछ।’

चीन र पश्चिमाबीच आरोप–प्रत्यारोप
चीनमा आगामी फेब्रुअरी ४ देखि हिउँदे ओलम्पिक आयोजना हुँदैछ। यो ओलम्पिकमा पश्चिमा देशहरूले ‘कूटनीतिक बहिष्कार’को घोषणा गरेका छन्। अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलियालगायत १६ देशले औपाचारिक रूपमा सरकारी प्रतिनिधि मन्डल नपठाउने घोषणा गरेका छन्। उनीहरूले चीनमा कमजोर मानव अधिकारको विरोध स्वरूप बहिस्कार घोषणा गरेका हुन्। यद्यपि, खेलाडीले भने प्रतिश्पर्धा गर्दैछन्।

पछिल्लो समय चीनमा हुने ओलम्पिकलाई असफल बनाउन पश्चिमा देशहरू लागि परेको चीनको बुझाइ छ। त्यसैले ओलम्पिकको मुखमा बेइझिङमा ओमिक्रोन भेरियन्ट देखिनुलाई उसले षडयन्त्रको रूपमा लिएको छ। 

बेइझिङमा भेटिएको पहिलो संक्रमित महिला ओलम्पिक पार्कबाट मात्र १५ मिनेटको ‘ड्राइभिङ’ दूरीमा रहेको सीएनएनले उल्लेख गरेको छ। ती महिला संक्रमित भेटिएपछि सिंगै बस्ती ‘लक्ड’ गरिएको थियो।

अहिले चीनका अधिकारीहरूले विदेशबाट आउने चिठीपत्र र अन्य सामग्रीलाई निर्मलीकरण गर्न थालेका छ। त्यसैगरी पोस्टल कर्मचारीलाई पूर्ण मात्रामा खोप दिइएको छ। त्यहाँको सीसीटीभीले गएको समेबार सोसल मिडियामार्फत विदेशबाट आउने सामन खरिद र चिठी प्राप्त गर्न न्यूनीकरण गर्ने सन्देश प्रसारित गरेको थियो।

सन् २०१९ मा सुरुमा चीनमा कोरोना भाइरस फैलिएपछि पनि पश्चिमा र चीनबीच आरोप–प्रत्यारोप चलेको थियो। चीनले आफ्नो देशमा आएका अमेरिकी सेनाले भाइरस ल्याएको दाबी गरेको थियो। अमेरिकाले वुहानको मासु पसलबाट भाइरस फैलिएको जनाएको थियो। कतिपय स्वतन्त्र अध्ययनहरूमा भने वुहानमा देखिनुअघि नै उस्तै प्रकृतिका बिरामी जर्मनी र अमेरिकामा देखिएको पनि जनाएका थिए।

(एजेन्सीहरूको सहयोगमा)

प्रकाशित मिति: आइतबार, माघ ९, २०७८  ०७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित)
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्