• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख २, २०८३ Wed, Apr 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिल्म समीक्षा

डाइङ क्यान्डल : महिलाको सपना जिस्काउँदै धिपधिप बलिरहेको टुकी

64x64
युवराज भट्टराई शनिबार, माघ १, २०७८  ११:०१
1140x725

अभिनेता राजेश हमालले आफ्नो करियरमा व्यापारिक फिल्ममा मात्र अभिनय गरेका छन्। उनका फिल्म ‘मसलेदार’ र सतही कथामा बनेका छन्। उनै हमाल २०७३ सालमा नेपाली फिल्म ‘डाइङ क्यान्डल’ हेर्न लबिम मल पुगेका थिए। यो फिल्म हेरिसकेपछि उनको प्रतिक्रिया थियो, ‘मिनिमालिज्म थिममा बनेको रहेछ। सानो क्यानाभासमा पनि निर्देशकले रोचक फिल्म बनाउनु भएको रहेछ। मलाई त मन पर्‍यो।’

हमालले मन पराएको यो फिल्ममा उनको अभिनय छैन। न त यो व्यापारिक फिल्म नै हो। यो उनले गरेका अभिनय र कामभन्दा नितान्त विपरीत धारको फिल्म हो। यो फिल्म सुस्त, तर अर्थपूर्ण दृश्यहरुले भरिएको कलात्मक छ।

निर्देशक नरेशकुमार केसीको निर्देशनमा बनेको फिल्म ‘डाइङ क्यान्डल’लाई धेरै अन्तर्राष्ट्रिय महोत्सवहरुमा प्रदर्शन गरिएको छ। यो फिल्मले दर्शक कम र प्रतिक्रिया राम्रो पाएको थियो। 

रसुवाको गत्लाङ क्षेत्रमा खिचिएको फिल्म ‘डाइङ क्यान्डल’मा निर्देशक तथा लेखक केसीले नेपाली सिनेक्षेत्रमा बेवास्ता गरिएको विषय उठाएका छन्। प्रायः नेपाली फिल्ममा मूलधारको राजनीति वा ठूला घटना, त्यसमा थोरै हास्यरस वा प्रेम, वा प्रेमकथा मात्र हुन्छ। केसीले भने दिदी र भाइबीचको सम्बन्धको कथा फिल्ममा प्रस्तुत गरेका छन्।

‘डाइङ क्याण्डल’ले भन्ने कथा दुई दशकअघिको हो। दुर्गम भेगमा क्षेमी (सिर्जना सुब्बा अभिनित) आफ्नो भाई टिक्पे (लाक्पा सेङ्गी तामाङ अभिनित) र बिमारी आमा खुयो (विद्या कार्की अभिनित) सँग भट्टी चलाउँदै बसेकी छिन्। भट्टीमा विस्तारै सामानहरु सकिँदै गएका छन्। खुयोको स्वास्थ्य अवस्था पनि बिग्रँदै गएको छ।

केसीले टिक्पेको भूमिकामा स्थानीय बाल कलाकारलाई अभिनय गराएका छन्। भाइ टिक्पे बालापनसँग रमाएको छ। तर, बेलाबेला उनको मनमा पनि आर्थिक अभाव र अनय पारिवारिक जटिल विषय आउँछन्। समस्यासँग जुध्दाजुध्दै क्षेमीको उमेर ढल्कँदो छ र उनले अनेक सामाजिक टिप्पणी तथा अनैतिक व्यवहार खपेकी छिन्।

क्षेमी ‘डाइङ क्याण्डल’को मुख्य भूमिकामा छिन्। भाइ र आमाको स्यहार गरिरहेकी उनको खुसी भाइको आँखामा देख्छिन्। महिलाको मनोविज्ञानलाई निर्देशक केसीले सुक्ष्म रुपमा प्रस्तुत गरेका छन्। 

आर्थिक रुपान्तरणको सपना 
‘डाइङ क्यान्डल’ले एक दिन र एक साँझको कथा भन्छ। दिदीभाइबीचको प्रेमसँगै सपनाको कथा भन्छ। गाउँमा भएको भोजबाट भाइ टिक्पेले दिदी क्षेमीका लागि आफ्नो भागको खाना ल्याइदिन्छ। चप्पल साटेर दिदीले किन्न खोजेको तर नसकेको चिम्टी ल्याइदिन्छ। उसले आफ्नो लागि चप्पल किन्न जाँदा दिदीले मन पराएको चिम्टी देखेको हुन्छ।

nimb
nimb
Ncell 2
Ncell 2

फिल्मको सुरुवाती आधा भाग एउटा कोठामा सीमित छ। प्रायः नेपाली सिनेमामा यो प्रयोग कमै देखिन्छ। निर्देशक केसीले मसालेदार र छिटो बग्ने फिल्मका दर्शकलाई सुस्त र बिस्तारै कथा भन्ने शैली प्रयोग गरेर जोखिम मोलेका छन्। केही हदसम्म उनी सफल पनि भएका छन्।

फिल्मका पात्रहरुले कोठाभित्र गरेको कुराकानीमा पनि एउटा बिम्ब छ। त्यहाँ टिप्केको अबोध मन र क्षेमीको परिपक्वता देखिन्छ। उनीहरु बुबा हुँदाको ठूलो घर सम्झन्छन्। विवाहपछि घर गएका दिदीहरू नफर्किएको कुरा गर्छन्। चार दिदीमध्ये क्षेमी मात्र घरमा हुन्छिन्। दुई दिदी छोपी र डोमा विवाह गरेर गएका छन्। स्याङ्मो मामाघर बसेकी छिन्। घरको अवस्थाका कारण परिवारबाट छुट्टिएर बस्न बाध्य भएको प्रसंगबारे कुरा गर्छन्।
फिल्मका थुप्रै संवादमा टिक्पे आफ्नो बालमनले देखेको पारिवारिक अवस्थालाई सुधार्ने सोच गर्छ। बेलाबेला विचलित कुरा पनि गर्छ। अधिकांश समय दिदी भाइलाई पढ्न हौसला दिन्छिन्, भाइ पढेर धेरै पैसा कमाएर परिवारको अवस्था सुधार्ने कुरा गर्छ।

दिदी र भाइको एक संवादमा उनीहरु भन्छन्–
‘विकासको त दुई वटा कार एउटा रेल छ। सुमनको पनि गाडी छ।’
‘उनीहरुको बाबा छ नि त।’
‘सुमनको त छैन है।’

टिक्पे कहिलेकाहीँ पढाइबाट विचलित कुरा पनि गर्छ। भारत गई पैसा कमाउने र फर्किएर आएपछि धेरै भेडा किनेर चराउने सपना सुनाउँछ। उसले सुनाउने हरेक सपनाहरु आर्थिक रुपान्तरणसँग जोडिएको छ।

दिदी र भाइमा जस्तै आमा खोयो र छोरी क्षेमीबीचका संवादमा पनि आर्थिक रुपान्तरणकै विषयमा धेरै कुरा हुन्छन्। भट्टीमा चुरोट राख्न सकेमा ग्राहक खुसी हुने र व्यापार बढ्ने बताउँछन्। यस्ता कयौँ आशाहरुबीच उनीहरुको अवस्था भने निकै नाजुक हुन्छ। आर्थिक अवस्था झन् बिग्रँदै गएको अवस्थामा टिक्पे घाइते हुन्छ। अनि जीवनको दियो झल्मलाउने उनीहरूको आशामा तुषारापात लाग्छ।

दृश्यात्मक बिम्बहरुको प्रस्तुति
फिल्मभर निर्देशक केसीले धेरै ठाउँमा मौलिक बिम्बहरु प्रस्तुत गरेका छन्। समाजमा स्थापित रुढीवादी धामीझाँक्री परम्परामाथि व्यंग्य गर्न होस् वा आर्थिक स्तरलाई प्रस्तुत गर्न, प्रशस्त बिम्बात्मक दृश्य राखिएका छन्। यी बिम्बमा मौलिक नेपाली स्वाद मात्रै नभएर निर्देशकमा हुनुपर्ने कलात्मक निर्देशकीय कौशल (इञ्जिनिउटी) पनि प्रस्तुत भएको छ।

फिल्ममा गाउँको धनीमानी ठेकेदार र शक्तिको पहुँचमा भएको जनकलाल भट्टीमा आएपछि घरको माथिल्लो तलामा बस्छ। क्षेमीसँग टाँसिने, उसलाई पैसाको धाक दिने र आफूसँग विवाह गर्न दबाब दिने गर्छ। क्षेमी व्यापारका लागि उसँगै बस्न र जिस्कन विवश छिन्। उनको मनभरि भने मुकुन्दको लागि प्रेमका फुलहरु अंकुराएको छ।

यसैबीच, जब पसलमा मुकुन्द र उसका साथी आइपुग्छन्, उनीहरु भुईं तलामै बसेर रक्सी पिउन थाल्छन्। त्यहाँ खाट राखिएको भए पनि खोकीले ग्रस्त क्षेमीकी आमा खोयो उनीहरुलाई भुईंमा नै बसाएर रक्सी दिइरहेकी हुन्छिन्। यी दृश्यमा निर्देशक केसीले समाजमा वर्गीय असमानता प्रस्तुत गरेका छन्। 

सन् २०१९ मा रिलिज भएको अस्कर विजेता फिल्म ‘प्यारासाइट’मा निर्देशक बोङ्ग जुन होले किम परिवारको आर्थिक स्तरलाई प्रस्तुत गर्न उनीहरुलाई शहरको सडकभन्दा तल्लो तहमा रहेको डेरामा बसेको देखाएका थिए। ठीक त्यस्तै गरि निर्देशक केसीले मुकुन्दको बेरोजगार अवस्था र नाजुक आर्थिकस्तर र जनकको उच्च आर्थिक अवस्था र शक्तिको पहुँचलाई प्रस्तुत गर्न दृश्यमा उनीहरुलाई दुई तहमा राखेका छन्।

फिल्ममा अर्को सुन्दर बिम्ब माछाहरुको छ। क्षेमीको परिवारमा आमा, भाइ र उनी तीन जना छन्। भाइ टिक्पेलाई गोरुले हानेपछिको उसले आफूले राखेका माछाहरु ल्याउन भन्छ। घरमा रक्सीसँग सितनका लागि ल्याइएका माछामध्ये केहीलाई उसले बट्टामा राखेको हुन्छ। तीन माछामध्ये दुई वटा बट्टामा र एउटा बेग्लै हुन्छ।

दुई माछा भएको बट्टामा एउटा मरेको हुन्छ। दिदीले त्यसबारे गरेको प्रश्नमा टिक्पे त्यो माछा ‘बुबा भएको’ बताउँछ। मरेको माछा पानीको सहतमा तैरिरहेको हुन्छ, जीवित माछा पौडिरहेको हुन्छ। छुट्टै बट्टामा राखिएको माछालाई ऊ घरबाट टाढा पठाइएकी दिदी स्याङ्बाको रूपमा हेर्छ।

यो दृश्यमा निर्देशकले गरेको काम प्रसंशनीय छ। मरेको माछा तैरिरहँदा तल पौडिरहेको माछालाई छहारी बनेको हुन्छ। छुट्टै बट्टामा राखिएको माछा एक्लो हुन्छ। ठीक त्यसरी नै टिक्पेको जीवनमा बुबाको मृत्युपछि उ एक्लिएको छ। घरबाट छुटेको दिदी स्याङ्बो एक्लिएकी हुन्छिन्। दिदी क्षेमीले उसलाई ‘बुबा मरे पनि हेरिरहेको छ’ भन्ने कुरालाई मरेको माछाले बिम्बको रुपमा प्रस्तुत गरेको हुन्छ।

महिलाको रुपमा ‘दियो’
फिल्मको अन्तिम दृश्यमा क्षेमी आमाले दिएको टुकी बोकेर शहरतर्फ लाग्छिन्। जनकलालसँग जाँदै गर्दा बाटोमा उनी निभाइएको टुकीमा तेल थप्छिन्। बाटैभरि टुकी बालेर हिँड्न सक्ने अवस्थामा उनी हुँदिनन्। किनकि, उनीसँग पर्याप्त तेल छैन। उनले बोकेको टुकी र उनको जीवन उस्तै छ।

फिल्मको नाम ‘निभ्न लागेको दियो’जस्तै पात्र क्षेमीको जीवन पनि धिपधिप गरिरहेको हुन्छ। उनी भाइलाई पढाउने, ठूलो मान्छे बनाउने सपना देख्छिन्। आमाको उपचारको सपना देख्छिन्। आफूले मन पराउने मुकुन्दसँग एक हुने सपना देख्छिन्। तर, असीमित सपना पूरा गर्न उनलाई कठिन छ।

भाइ घाइते भएपछि भने उनको जीवन मोडिन्छ। आफूमाथि अनैतिक नजरले हेर्ने र भट्टीमा आउँदा पनि ‘पैसाले सबै थोक आउँछ’ भनेर रफाव देखाउने जनकसँगै उनी जान बाध्य हुन्छिन्। उनको हृदयमा भएको मुकुन्द यथार्थमा बेरोजगार छ। ऊ शिक्षत शिक्षित बेरोजगार हो। पैसा छैन। जनकलाल आर्थिक रुपमा सम्पन्न छ। उनी जनकलालसँग शहर जान्छिन्। जनक बाटोमा विश्राम गरिरहँदा क्षेमीलाई भन्छ, ‘आखिरमा आएर आफ्नो बनाइ छाडेँ तिमीलाई।’

फिल्मभर संघर्षरत पात्र क्षेमीलाई निभ्न लागेको दियोको बिम्बमा प्रस्तुत गरिएको छ। उनी निरन्तर बल्नका लागि संघर्षरत छिन्। तर, नियतिको हुरीमा निभ्न बाध्य छिन्।
०००

‘डाइङ क्यान्डल’ निर्देशक केसीको पहिलो फिल्म हो। फिल्ममा कमजोरी पनि छन्। भट्टीमा रक्सी पारिरहँदा आमा खोयो र छोरी क्षेमीबीचको संवाद अति नाटकीय लाग्छ। फिल्ममा त्यसअघि निर्देशकले बनाइरहेको मौलिकता र यथार्थ यहाँ पुगेपछि टुट्छ। लामो संवाद पट्यारलाग्दो पनि छ। तर, लगत्तै दृश्यमा अन्य घटनालाई ल्याएर निर्देशकले दर्शकलाई फरक प्रसंगतर्फ ल्याएका छन्। यो भने प्रसंशनीय छ।

निभ्न लागेको दियोले आफूलाई बालिराख्न धिपधिप गर्दै प्रयास गरेजस्तै यो फिल्ममा पनि आशाको कथा छ। एक दिन आर्थिकस्तर उकासिने, विभेद हट्ने आशामा पात्रहरू संघर्ष गरिरहन्छन्। तिता यथार्थसँग लडिरहन्छन्। तर, उनीहरूका आशा र सपनाहरू कसरी टाढा हुँदै जान्छ भन्ने कथा फिल्ममा देखाइएको छ।

प्रकाशित मिति: शनिबार, माघ १, २०७८  ११:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
‘पुष्पा २’ : तीन दिनमा २ सय करोड कमाउने पहिलो भारतीय फिल्म यो संवादको अर्थजस्तै भारतीय बक्स अफिसमा पनि फिल्म ‘वाईल्ड फायर’ बनेको छ। ‘रेकर्ड ब्रेक’ ओपनिङ गरेको फिल्म शुक्रबार र शनिबार पनि कमाइ... आइतबार, मंसिर २३, २०८१
दिमाग खराब : आम जनताको ‘फ्रस्टेसन’ बोल्ने फिल्म हिजोको दिनमा पार्टी, संगठनको आवश्यकता किन पर्यो, यसबारे निर्देशकले सोचेको भए फिल्म समसामयिक घटनाका फुटेजको सुन्दर संयोजनभन्दा माथि उ... आइतबार, कात्तिक २६, २०८०
हल्कारा : नेपाली फिल्म क्षेत्रको ‘अमूल्य’ पूँजी ‘हल्कारा’ हेरेर मन हलुका भएको कुरा म सुनाउन चाहन्छु। त्यति नै हलुका ५ वर्षअघि चाइनिज फिल्म ‘पोस्टम्यान इन द माउन्टेन’ हेर्दा पनि भएक... बुधबार, जेठ ३, २०८०
ताजा समाचारसबै
अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी : इरान बुधबार, वैशाख २, २०८३
काँग्रेसद्वारा आगामी निर्वाचन तयारीलाई केन्द्रमा राख्दै विभिन्न कार्यसमिति गठन बुधबार, वैशाख २, २०८३
सुरक्षा निकायमाथि अनुसन्धान गर्न सरकारले बनायाे समिति बुधबार, वैशाख २, २०८३
०६२ यताका उच्चपदस्थ कर्मचारी र राजनीतिक पदाधिकारीको सम्पत्ति जाँचबुझ गर्न आयोग गठन बुधबार, वैशाख २, २०८३
प्रधानमन्त्री बालेनद्वारा समानुपातिक सांसदहरूसँग छलफल बुधबार, वैशाख २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा (पूर्णपाठ) मंगलबार, वैशाख १, २०८३
सरकारले आयोजना सम्पन्न नभएसम्म कर्मचारी सरुवा नगर्ने मंगलबार, वैशाख १, २०८३
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चद्वारा अस्वीकार बुधबार, वैशाख २, २०८३
काठमाडौँ उपत्यकामा रात्रि समयमा सार्वजनिक बस सञ्चालन सुरु मंगलबार, वैशाख १, २०८३
सुरक्षा निकायमाथि अनुसन्धान गर्न सरकारले बनायाे समिति बुधबार, वैशाख २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री मेहतालाई सचेत बिहीबार, चैत २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्