• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिल्म समीक्षा

डाइङ क्यान्डल : महिलाको सपना जिस्काउँदै धिपधिप बलिरहेको टुकी

64x64
युवराज भट्टराई शनिबार, माघ १, २०७८  ११:०१
1140x725

अभिनेता राजेश हमालले आफ्नो करियरमा व्यापारिक फिल्ममा मात्र अभिनय गरेका छन्। उनका फिल्म ‘मसलेदार’ र सतही कथामा बनेका छन्। उनै हमाल २०७३ सालमा नेपाली फिल्म ‘डाइङ क्यान्डल’ हेर्न लबिम मल पुगेका थिए। यो फिल्म हेरिसकेपछि उनको प्रतिक्रिया थियो, ‘मिनिमालिज्म थिममा बनेको रहेछ। सानो क्यानाभासमा पनि निर्देशकले रोचक फिल्म बनाउनु भएको रहेछ। मलाई त मन पर्‍यो।’

हमालले मन पराएको यो फिल्ममा उनको अभिनय छैन। न त यो व्यापारिक फिल्म नै हो। यो उनले गरेका अभिनय र कामभन्दा नितान्त विपरीत धारको फिल्म हो। यो फिल्म सुस्त, तर अर्थपूर्ण दृश्यहरुले भरिएको कलात्मक छ।

निर्देशक नरेशकुमार केसीको निर्देशनमा बनेको फिल्म ‘डाइङ क्यान्डल’लाई धेरै अन्तर्राष्ट्रिय महोत्सवहरुमा प्रदर्शन गरिएको छ। यो फिल्मले दर्शक कम र प्रतिक्रिया राम्रो पाएको थियो। 

रसुवाको गत्लाङ क्षेत्रमा खिचिएको फिल्म ‘डाइङ क्यान्डल’मा निर्देशक तथा लेखक केसीले नेपाली सिनेक्षेत्रमा बेवास्ता गरिएको विषय उठाएका छन्। प्रायः नेपाली फिल्ममा मूलधारको राजनीति वा ठूला घटना, त्यसमा थोरै हास्यरस वा प्रेम, वा प्रेमकथा मात्र हुन्छ। केसीले भने दिदी र भाइबीचको सम्बन्धको कथा फिल्ममा प्रस्तुत गरेका छन्।

‘डाइङ क्याण्डल’ले भन्ने कथा दुई दशकअघिको हो। दुर्गम भेगमा क्षेमी (सिर्जना सुब्बा अभिनित) आफ्नो भाई टिक्पे (लाक्पा सेङ्गी तामाङ अभिनित) र बिमारी आमा खुयो (विद्या कार्की अभिनित) सँग भट्टी चलाउँदै बसेकी छिन्। भट्टीमा विस्तारै सामानहरु सकिँदै गएका छन्। खुयोको स्वास्थ्य अवस्था पनि बिग्रँदै गएको छ।

केसीले टिक्पेको भूमिकामा स्थानीय बाल कलाकारलाई अभिनय गराएका छन्। भाइ टिक्पे बालापनसँग रमाएको छ। तर, बेलाबेला उनको मनमा पनि आर्थिक अभाव र अनय पारिवारिक जटिल विषय आउँछन्। समस्यासँग जुध्दाजुध्दै क्षेमीको उमेर ढल्कँदो छ र उनले अनेक सामाजिक टिप्पणी तथा अनैतिक व्यवहार खपेकी छिन्।

क्षेमी ‘डाइङ क्याण्डल’को मुख्य भूमिकामा छिन्। भाइ र आमाको स्यहार गरिरहेकी उनको खुसी भाइको आँखामा देख्छिन्। महिलाको मनोविज्ञानलाई निर्देशक केसीले सुक्ष्म रुपमा प्रस्तुत गरेका छन्। 

आर्थिक रुपान्तरणको सपना 
‘डाइङ क्यान्डल’ले एक दिन र एक साँझको कथा भन्छ। दिदीभाइबीचको प्रेमसँगै सपनाको कथा भन्छ। गाउँमा भएको भोजबाट भाइ टिक्पेले दिदी क्षेमीका लागि आफ्नो भागको खाना ल्याइदिन्छ। चप्पल साटेर दिदीले किन्न खोजेको तर नसकेको चिम्टी ल्याइदिन्छ। उसले आफ्नो लागि चप्पल किन्न जाँदा दिदीले मन पराएको चिम्टी देखेको हुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

फिल्मको सुरुवाती आधा भाग एउटा कोठामा सीमित छ। प्रायः नेपाली सिनेमामा यो प्रयोग कमै देखिन्छ। निर्देशक केसीले मसालेदार र छिटो बग्ने फिल्मका दर्शकलाई सुस्त र बिस्तारै कथा भन्ने शैली प्रयोग गरेर जोखिम मोलेका छन्। केही हदसम्म उनी सफल पनि भएका छन्।

फिल्मका पात्रहरुले कोठाभित्र गरेको कुराकानीमा पनि एउटा बिम्ब छ। त्यहाँ टिप्केको अबोध मन र क्षेमीको परिपक्वता देखिन्छ। उनीहरु बुबा हुँदाको ठूलो घर सम्झन्छन्। विवाहपछि घर गएका दिदीहरू नफर्किएको कुरा गर्छन्। चार दिदीमध्ये क्षेमी मात्र घरमा हुन्छिन्। दुई दिदी छोपी र डोमा विवाह गरेर गएका छन्। स्याङ्मो मामाघर बसेकी छिन्। घरको अवस्थाका कारण परिवारबाट छुट्टिएर बस्न बाध्य भएको प्रसंगबारे कुरा गर्छन्।
फिल्मका थुप्रै संवादमा टिक्पे आफ्नो बालमनले देखेको पारिवारिक अवस्थालाई सुधार्ने सोच गर्छ। बेलाबेला विचलित कुरा पनि गर्छ। अधिकांश समय दिदी भाइलाई पढ्न हौसला दिन्छिन्, भाइ पढेर धेरै पैसा कमाएर परिवारको अवस्था सुधार्ने कुरा गर्छ।

दिदी र भाइको एक संवादमा उनीहरु भन्छन्–
‘विकासको त दुई वटा कार एउटा रेल छ। सुमनको पनि गाडी छ।’
‘उनीहरुको बाबा छ नि त।’
‘सुमनको त छैन है।’

Xtrem

Xtrem

टिक्पे कहिलेकाहीँ पढाइबाट विचलित कुरा पनि गर्छ। भारत गई पैसा कमाउने र फर्किएर आएपछि धेरै भेडा किनेर चराउने सपना सुनाउँछ। उसले सुनाउने हरेक सपनाहरु आर्थिक रुपान्तरणसँग जोडिएको छ।

दिदी र भाइमा जस्तै आमा खोयो र छोरी क्षेमीबीचका संवादमा पनि आर्थिक रुपान्तरणकै विषयमा धेरै कुरा हुन्छन्। भट्टीमा चुरोट राख्न सकेमा ग्राहक खुसी हुने र व्यापार बढ्ने बताउँछन्। यस्ता कयौँ आशाहरुबीच उनीहरुको अवस्था भने निकै नाजुक हुन्छ। आर्थिक अवस्था झन् बिग्रँदै गएको अवस्थामा टिक्पे घाइते हुन्छ। अनि जीवनको दियो झल्मलाउने उनीहरूको आशामा तुषारापात लाग्छ।

दृश्यात्मक बिम्बहरुको प्रस्तुति
फिल्मभर निर्देशक केसीले धेरै ठाउँमा मौलिक बिम्बहरु प्रस्तुत गरेका छन्। समाजमा स्थापित रुढीवादी धामीझाँक्री परम्परामाथि व्यंग्य गर्न होस् वा आर्थिक स्तरलाई प्रस्तुत गर्न, प्रशस्त बिम्बात्मक दृश्य राखिएका छन्। यी बिम्बमा मौलिक नेपाली स्वाद मात्रै नभएर निर्देशकमा हुनुपर्ने कलात्मक निर्देशकीय कौशल (इञ्जिनिउटी) पनि प्रस्तुत भएको छ।

फिल्ममा गाउँको धनीमानी ठेकेदार र शक्तिको पहुँचमा भएको जनकलाल भट्टीमा आएपछि घरको माथिल्लो तलामा बस्छ। क्षेमीसँग टाँसिने, उसलाई पैसाको धाक दिने र आफूसँग विवाह गर्न दबाब दिने गर्छ। क्षेमी व्यापारका लागि उसँगै बस्न र जिस्कन विवश छिन्। उनको मनभरि भने मुकुन्दको लागि प्रेमका फुलहरु अंकुराएको छ।

यसैबीच, जब पसलमा मुकुन्द र उसका साथी आइपुग्छन्, उनीहरु भुईं तलामै बसेर रक्सी पिउन थाल्छन्। त्यहाँ खाट राखिएको भए पनि खोकीले ग्रस्त क्षेमीकी आमा खोयो उनीहरुलाई भुईंमा नै बसाएर रक्सी दिइरहेकी हुन्छिन्। यी दृश्यमा निर्देशक केसीले समाजमा वर्गीय असमानता प्रस्तुत गरेका छन्। 

सन् २०१९ मा रिलिज भएको अस्कर विजेता फिल्म ‘प्यारासाइट’मा निर्देशक बोङ्ग जुन होले किम परिवारको आर्थिक स्तरलाई प्रस्तुत गर्न उनीहरुलाई शहरको सडकभन्दा तल्लो तहमा रहेको डेरामा बसेको देखाएका थिए। ठीक त्यस्तै गरि निर्देशक केसीले मुकुन्दको बेरोजगार अवस्था र नाजुक आर्थिकस्तर र जनकको उच्च आर्थिक अवस्था र शक्तिको पहुँचलाई प्रस्तुत गर्न दृश्यमा उनीहरुलाई दुई तहमा राखेका छन्।

फिल्ममा अर्को सुन्दर बिम्ब माछाहरुको छ। क्षेमीको परिवारमा आमा, भाइ र उनी तीन जना छन्। भाइ टिक्पेलाई गोरुले हानेपछिको उसले आफूले राखेका माछाहरु ल्याउन भन्छ। घरमा रक्सीसँग सितनका लागि ल्याइएका माछामध्ये केहीलाई उसले बट्टामा राखेको हुन्छ। तीन माछामध्ये दुई वटा बट्टामा र एउटा बेग्लै हुन्छ।

दुई माछा भएको बट्टामा एउटा मरेको हुन्छ। दिदीले त्यसबारे गरेको प्रश्नमा टिक्पे त्यो माछा ‘बुबा भएको’ बताउँछ। मरेको माछा पानीको सहतमा तैरिरहेको हुन्छ, जीवित माछा पौडिरहेको हुन्छ। छुट्टै बट्टामा राखिएको माछालाई ऊ घरबाट टाढा पठाइएकी दिदी स्याङ्बाको रूपमा हेर्छ।

यो दृश्यमा निर्देशकले गरेको काम प्रसंशनीय छ। मरेको माछा तैरिरहँदा तल पौडिरहेको माछालाई छहारी बनेको हुन्छ। छुट्टै बट्टामा राखिएको माछा एक्लो हुन्छ। ठीक त्यसरी नै टिक्पेको जीवनमा बुबाको मृत्युपछि उ एक्लिएको छ। घरबाट छुटेको दिदी स्याङ्बो एक्लिएकी हुन्छिन्। दिदी क्षेमीले उसलाई ‘बुबा मरे पनि हेरिरहेको छ’ भन्ने कुरालाई मरेको माछाले बिम्बको रुपमा प्रस्तुत गरेको हुन्छ।

महिलाको रुपमा ‘दियो’
फिल्मको अन्तिम दृश्यमा क्षेमी आमाले दिएको टुकी बोकेर शहरतर्फ लाग्छिन्। जनकलालसँग जाँदै गर्दा बाटोमा उनी निभाइएको टुकीमा तेल थप्छिन्। बाटैभरि टुकी बालेर हिँड्न सक्ने अवस्थामा उनी हुँदिनन्। किनकि, उनीसँग पर्याप्त तेल छैन। उनले बोकेको टुकी र उनको जीवन उस्तै छ।

फिल्मको नाम ‘निभ्न लागेको दियो’जस्तै पात्र क्षेमीको जीवन पनि धिपधिप गरिरहेको हुन्छ। उनी भाइलाई पढाउने, ठूलो मान्छे बनाउने सपना देख्छिन्। आमाको उपचारको सपना देख्छिन्। आफूले मन पराउने मुकुन्दसँग एक हुने सपना देख्छिन्। तर, असीमित सपना पूरा गर्न उनलाई कठिन छ।

भाइ घाइते भएपछि भने उनको जीवन मोडिन्छ। आफूमाथि अनैतिक नजरले हेर्ने र भट्टीमा आउँदा पनि ‘पैसाले सबै थोक आउँछ’ भनेर रफाव देखाउने जनकसँगै उनी जान बाध्य हुन्छिन्। उनको हृदयमा भएको मुकुन्द यथार्थमा बेरोजगार छ। ऊ शिक्षत शिक्षित बेरोजगार हो। पैसा छैन। जनकलाल आर्थिक रुपमा सम्पन्न छ। उनी जनकलालसँग शहर जान्छिन्। जनक बाटोमा विश्राम गरिरहँदा क्षेमीलाई भन्छ, ‘आखिरमा आएर आफ्नो बनाइ छाडेँ तिमीलाई।’

फिल्मभर संघर्षरत पात्र क्षेमीलाई निभ्न लागेको दियोको बिम्बमा प्रस्तुत गरिएको छ। उनी निरन्तर बल्नका लागि संघर्षरत छिन्। तर, नियतिको हुरीमा निभ्न बाध्य छिन्।
०००

‘डाइङ क्यान्डल’ निर्देशक केसीको पहिलो फिल्म हो। फिल्ममा कमजोरी पनि छन्। भट्टीमा रक्सी पारिरहँदा आमा खोयो र छोरी क्षेमीबीचको संवाद अति नाटकीय लाग्छ। फिल्ममा त्यसअघि निर्देशकले बनाइरहेको मौलिकता र यथार्थ यहाँ पुगेपछि टुट्छ। लामो संवाद पट्यारलाग्दो पनि छ। तर, लगत्तै दृश्यमा अन्य घटनालाई ल्याएर निर्देशकले दर्शकलाई फरक प्रसंगतर्फ ल्याएका छन्। यो भने प्रसंशनीय छ।

निभ्न लागेको दियोले आफूलाई बालिराख्न धिपधिप गर्दै प्रयास गरेजस्तै यो फिल्ममा पनि आशाको कथा छ। एक दिन आर्थिकस्तर उकासिने, विभेद हट्ने आशामा पात्रहरू संघर्ष गरिरहन्छन्। तिता यथार्थसँग लडिरहन्छन्। तर, उनीहरूका आशा र सपनाहरू कसरी टाढा हुँदै जान्छ भन्ने कथा फिल्ममा देखाइएको छ।

प्रकाशित मिति: शनिबार, माघ १, २०७८  ११:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
‘पुष्पा २’ : तीन दिनमा २ सय करोड कमाउने पहिलो भारतीय फिल्म यो संवादको अर्थजस्तै भारतीय बक्स अफिसमा पनि फिल्म ‘वाईल्ड फायर’ बनेको छ। ‘रेकर्ड ब्रेक’ ओपनिङ गरेको फिल्म शुक्रबार र शनिबार पनि कमाइ... आइतबार, मंसिर २३, २०८१
दिमाग खराब : आम जनताको ‘फ्रस्टेसन’ बोल्ने फिल्म हिजोको दिनमा पार्टी, संगठनको आवश्यकता किन पर्यो, यसबारे निर्देशकले सोचेको भए फिल्म समसामयिक घटनाका फुटेजको सुन्दर संयोजनभन्दा माथि उ... आइतबार, कात्तिक २६, २०८०
हल्कारा : नेपाली फिल्म क्षेत्रको ‘अमूल्य’ पूँजी ‘हल्कारा’ हेरेर मन हलुका भएको कुरा म सुनाउन चाहन्छु। त्यति नै हलुका ५ वर्षअघि चाइनिज फिल्म ‘पोस्टम्यान इन द माउन्टेन’ हेर्दा पनि भएक... बुधबार, जेठ ३, २०८०
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्