• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

देउवा शैली : पौडेल र सिटौलाको साथ लिने, पदाधिकारीलाई बेवास्ता गर्ने

किशोर दहाल/लिलु डुम्रे बुधबार, पुस २८, २०७८  ०८:४५
1140x725

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले पुस १७ गते रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा प्रकाशशरण महत, डा नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मा तथा पुस १८ गते जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई केन्द्रीय कार्यसमित सदस्यमा मनोनयन गरे।

यसरी मनोनीत गरिएकामध्ये रामचन्द्र पौडेलले चौधौं महाधिवेशनमा आफूलाई निर्वाचन प्रक्रियाबाट अलग राखेका थिए। सिंह र निधिले सभापतिका लागि भएको दोस्रो चरणको निर्वाचनमा देउवालाई सघाएका थिए। सिटौलाले देउवासँग गठबन्धन नै गरेका थिए। महत उनकै प्यानलबाट महामन्त्रीमा र शाही सहमहामन्त्रीमा प्रतिस्पर्धी थिए। खड्का, रेग्मी र विश्वकर्मा पहिल्यैदेखि उनी निकटकै नेता हुन्। कोइराला, प्रदीप पौडेल र गुरुङ पनि देउवाको विजयमा सहयोगी भएका थिए।

सभापतिमा पराजित शेखर कोइरालाले ती सदस्य नियुक्ति गर्दाको मापदण्ड जान्न चाहेका छन्। 'पार्टीमा सभापतिज्यूले केही साथीहरुलाई केन्द्रीय सदस्य नियुक्त गर्नुभएको छ। नियुक्ति पाउनुभएका भएका सबै साथीहरु सक्षम र योग्य नै हुनुहुन्छ। तर, के 'मापदण्ड' अपनाएर उहाँहरु नियुक्त हुनुभएको हो, हामी जान्न चाहन्छौं', पुस २१ गते आफू पक्षको भेलामा कोइरालाले भनेका थिए, 'पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुन जरुरी छ, नभए कार्यकर्ता किन कांग्रेसमा बस्ने भनी प्रश्न उठ्न सक्छ।' 

यो पनि पढ्नुहोस्

इमान्दार र सक्षम नेतालाई नियोजित रुपले पाखा लगाउनेविरुद्ध आवाज उठाउनु पर्छ : शेखर कोइराला

शेखरले जान्न चाहे पनि देउवाले मापदण्ड प्रष्ट पार्ने छैनन् भन्ने प्रष्टै छ। यो प्रकरणमा पार्टीभित्रको शक्ति सन्तुलन, न्यायोचित वितरण प्रणाली तथा पार्टीभित्र स्थापित परम्परा र मान्यतालाई पूर्ण रुपमा उपेक्षा गरेको भन्ने आरोपलाई पनि उनले वास्ता गर्ने छैनन्। बरु १३ मा १३ जना नै आफ्नो पक्षका वा आफ्नो जितमा सहयोगी भएका नेतालाई मनोनीत गरेर सभापति देउवाले आफू दोस्रो कार्यकालमा कसरी अगाडि बढ्न चाहन्छु भन्ने संकेत दिएका छन्।

केन्द्रीय सदस्य मनोनीत गर्दा मात्रै होइन, राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार तय गर्दा पनि उनले त्यही शैली अपनाए। सत्ता गठबन्धनका दलहरुसँग भागबण्डा गरेका उनले पार्टीभित्रकै शक्तिहरुलाई भने बेवास्ता गरे। गठबन्धनमा भएको सहमति अनुसार, निर्वाचन हुन लागेका १९ मध्ये ६ स्थानमा कांग्रेसले उम्मेदवारी दिएको छ। जसमध्ये दुई जना रामचन्द्र पौडेल निकटका नेताहरु कमला पन्त र नारायणदत्त मिश्र छन्। पौडेलले महाधिवेशनमा मौन बसेर देउवालाई सघाएको आरोप लाग्दै आएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

कांग्रेसका कतिपय नेताहरु भने उम्मेदवार चयन गर्दा भएका केही कमजोरी उल्लेख गर्छन्। पहिलो, टिकट वितरणका लागि कांग्रेसको विधानले संसदीय समितिलाई अधिकार दिएको छ। सो समितिमा केन्द्रीय सदस्यमध्येबाट केन्द्रीय सभापतिले प्रस्ताव गरी केन्द्रीय कार्यसमितिले अनुमोदन गरेका बढीमा ११ जना सदस्य हुनेछन्। पार्टीका सबै संरचनामा उम्मेदवारी सम्बन्धमा गरेका निर्णय सम्बन्धित तहको पार्टीको कार्यसमितिबाट अनुमोदन गराउनुपर्ने विधानको प्रावधान छ। देउवाले संसदीय समिति गठन नै नगरी राष्ट्रिय सभाको निर्वाचनका उम्मेदवार तय गरे। त्यसका लागि उनले पदाधिकारीसँग परामर्श गरेनन्, आफ्नै तजबिजमा चयन गरेर पुस १९ को केन्द्रीय कार्यसमिति बैठकबाट अनुमोदन गराए।

दोस्रो, उनले जहाँजहाँ उम्मेदवार उभ्याए, त्यही विषयमा पनि पार्टीभित्र असन्तुष्टि छ। गुरुराज घिमिरेको प्रश्न छ- 'राष्ट्रिय सभामा उम्मेदवार हुने सबै नेताहरु सुयोग्य हुनुहुन्छ। पार्टीले राम्रा र आदरणीय नेताहरुलाई उम्मेदवार बनाएको छ। तर, एउटा गम्भीर प्रश्न उठेको छ। जुन मधेसले शेरबहादुर देउवालाई सर्वाधिक भोट दिएर सभापति बनाएको छ, उहाँले त्यही मधेसलाई बिर्सनु भएको छ। अब स्थानीय चुनावको सामना कसरी गर्ने?'

माघ १२ मा हुँदै गरेको राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धन गरेको कांग्रेसले प्रदेश २ मा कुनै उम्मेदवार उभ्याएको छैन।

यसरी सभापतिमा पुनः निर्वाचित भएको केही हप्तामा गरिएका महत्त्वपूर्ण निर्णयमा उनले पार्टीको सम्पूर्ण पंक्तिले स्वामित्व लिनसक्ने परिस्थिति निर्माण गरेका छैनन्। महाधिवेशनमा विजयी भएर आएका अन्य पदाधिकारीसँग पनि सल्लाह गर्न पनि आवश्यक ठानेका छैनन्। मुख्यतः उनले नवनिर्वाचित पदाधिकारीको साथमा आगामी यात्रा तय गर्ने हो र उनीहरुकै सहयोगमा आफू सफल हुने हो भन्ने यथार्थ पनि स्वीकार गर्न नसकेको नेताहरुको आरोप छ। 'उहाँलाई रामचन्द्र पौडेल र कृष्ण सिटौला लगायतलाई खुसी बनाउन सके भयो। हाम्रो के वास्ता?', एक पदाधिकारी भन्छन्।

सभापतिमा पराजित शेखर कोइरालाप्रति उनले सम्मानभाव देखाउन सकेका छैनन्। त्यसको संकेत उनले वरीयता निर्धारणबाट दिएका छन्। केही अघि सार्वजनिक सूचीमा उनले कोइरालालाई बीसौं स्थानमा राखेका छन्। केन्द्रीय सदस्य भने उनी सभापतिको प्रतिस्पर्धामा दोस्रो बढी मत ल्याएका कारण स्वतः भएका हुन्। वरीयताको विषय देउवाले नै बढी भोगेको भन्दै उनले कमजोरी गर्न नहुने उपसभापतिका पराजित उम्मेदवार चन्द्र भण्डारी बताउँछन्। 'दशौं महाधिवशेनपछि सभापति गिरिजाप्रसाद कोइरालाले देउवालाई तेस्रो वरीयतामा राख्नुभएको थियो। सुशील कोइरालाले उहाँलाई दोस्रो वरीयतामा राख्नुभएको थियो। यसको अनुभव उहाँलाई छ', उनी भन्छन्, 'त्यसैले आफ्नो प्रतिपक्षलाई, आफूसँग लडेको साथीलाई कहाँ राख्ने भन्ने त उहाँले गर्ने हो। यत्रो अनुभवप्राप्त र सफल मान्छेले कमिकमजोरी गर्नु हुँदैन।'

सभापतिमा दोस्रो स्थान ल्याएका प्रतिस्पर्धीलाई वरिष्ठ नेताका रुपमा परिभाषित गर्ने कांग्रेसको प्रचलन छ। विधानले वरिष्ठ नेताको उपाधि नदिए पनि देउवाले आफूपछिको वरीयतामा यसअघि पौडेललाई राखेका थिए। उक्त प्रचलनलाई यसपटक देउवाले तोडेका छन्। 'विधान अनुसार शेखर स्वतः केन्द्रीय सदस्य नहुने अवस्था रहेको भए देउवाले उनालई केन्द्रीय सदस्यमा समेत मनोनीत गर्ने थिएनन् होला। मलाई त शंकै लाग्छ', एक नेता भन्छन्।

प्रकाशित मिति: बुधबार, पुस २८, २०७८  ०८:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले हालैको दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण भारत हुने र यस वर्षको अन्त्... सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सहकारीमा राष्ट्र बैंकको निगरानी, १२ संस्थाको निरीक्षणमा भेटिए यस्ता कमजोरी सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्