• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, मंसिर १९, २०८२ Fri, Dec 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

देउवा शैली : पौडेल र सिटौलाको साथ लिने, पदाधिकारीलाई बेवास्ता गर्ने

किशोर दहाल/लिलु डुम्रे बुधबार, पुस २८, २०७८  ०८:४५
1140x725

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले पुस १७ गते रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा प्रकाशशरण महत, डा नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मा तथा पुस १८ गते जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई केन्द्रीय कार्यसमित सदस्यमा मनोनयन गरे।

यसरी मनोनीत गरिएकामध्ये रामचन्द्र पौडेलले चौधौं महाधिवेशनमा आफूलाई निर्वाचन प्रक्रियाबाट अलग राखेका थिए। सिंह र निधिले सभापतिका लागि भएको दोस्रो चरणको निर्वाचनमा देउवालाई सघाएका थिए। सिटौलाले देउवासँग गठबन्धन नै गरेका थिए। महत उनकै प्यानलबाट महामन्त्रीमा र शाही सहमहामन्त्रीमा प्रतिस्पर्धी थिए। खड्का, रेग्मी र विश्वकर्मा पहिल्यैदेखि उनी निकटकै नेता हुन्। कोइराला, प्रदीप पौडेल र गुरुङ पनि देउवाको विजयमा सहयोगी भएका थिए।

सभापतिमा पराजित शेखर कोइरालाले ती सदस्य नियुक्ति गर्दाको मापदण्ड जान्न चाहेका छन्। 'पार्टीमा सभापतिज्यूले केही साथीहरुलाई केन्द्रीय सदस्य नियुक्त गर्नुभएको छ। नियुक्ति पाउनुभएका भएका सबै साथीहरु सक्षम र योग्य नै हुनुहुन्छ। तर, के 'मापदण्ड' अपनाएर उहाँहरु नियुक्त हुनुभएको हो, हामी जान्न चाहन्छौं', पुस २१ गते आफू पक्षको भेलामा कोइरालाले भनेका थिए, 'पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुन जरुरी छ, नभए कार्यकर्ता किन कांग्रेसमा बस्ने भनी प्रश्न उठ्न सक्छ।' 

यो पनि पढ्नुहोस्

इमान्दार र सक्षम नेतालाई नियोजित रुपले पाखा लगाउनेविरुद्ध आवाज उठाउनु पर्छ : शेखर कोइराला

शेखरले जान्न चाहे पनि देउवाले मापदण्ड प्रष्ट पार्ने छैनन् भन्ने प्रष्टै छ। यो प्रकरणमा पार्टीभित्रको शक्ति सन्तुलन, न्यायोचित वितरण प्रणाली तथा पार्टीभित्र स्थापित परम्परा र मान्यतालाई पूर्ण रुपमा उपेक्षा गरेको भन्ने आरोपलाई पनि उनले वास्ता गर्ने छैनन्। बरु १३ मा १३ जना नै आफ्नो पक्षका वा आफ्नो जितमा सहयोगी भएका नेतालाई मनोनीत गरेर सभापति देउवाले आफू दोस्रो कार्यकालमा कसरी अगाडि बढ्न चाहन्छु भन्ने संकेत दिएका छन्।

केन्द्रीय सदस्य मनोनीत गर्दा मात्रै होइन, राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार तय गर्दा पनि उनले त्यही शैली अपनाए। सत्ता गठबन्धनका दलहरुसँग भागबण्डा गरेका उनले पार्टीभित्रकै शक्तिहरुलाई भने बेवास्ता गरे। गठबन्धनमा भएको सहमति अनुसार, निर्वाचन हुन लागेका १९ मध्ये ६ स्थानमा कांग्रेसले उम्मेदवारी दिएको छ। जसमध्ये दुई जना रामचन्द्र पौडेल निकटका नेताहरु कमला पन्त र नारायणदत्त मिश्र छन्। पौडेलले महाधिवेशनमा मौन बसेर देउवालाई सघाएको आरोप लाग्दै आएको छ।

Ncell 2
Ncell 2

कांग्रेसका कतिपय नेताहरु भने उम्मेदवार चयन गर्दा भएका केही कमजोरी उल्लेख गर्छन्। पहिलो, टिकट वितरणका लागि कांग्रेसको विधानले संसदीय समितिलाई अधिकार दिएको छ। सो समितिमा केन्द्रीय सदस्यमध्येबाट केन्द्रीय सभापतिले प्रस्ताव गरी केन्द्रीय कार्यसमितिले अनुमोदन गरेका बढीमा ११ जना सदस्य हुनेछन्। पार्टीका सबै संरचनामा उम्मेदवारी सम्बन्धमा गरेका निर्णय सम्बन्धित तहको पार्टीको कार्यसमितिबाट अनुमोदन गराउनुपर्ने विधानको प्रावधान छ। देउवाले संसदीय समिति गठन नै नगरी राष्ट्रिय सभाको निर्वाचनका उम्मेदवार तय गरे। त्यसका लागि उनले पदाधिकारीसँग परामर्श गरेनन्, आफ्नै तजबिजमा चयन गरेर पुस १९ को केन्द्रीय कार्यसमिति बैठकबाट अनुमोदन गराए।

दोस्रो, उनले जहाँजहाँ उम्मेदवार उभ्याए, त्यही विषयमा पनि पार्टीभित्र असन्तुष्टि छ। गुरुराज घिमिरेको प्रश्न छ- 'राष्ट्रिय सभामा उम्मेदवार हुने सबै नेताहरु सुयोग्य हुनुहुन्छ। पार्टीले राम्रा र आदरणीय नेताहरुलाई उम्मेदवार बनाएको छ। तर, एउटा गम्भीर प्रश्न उठेको छ। जुन मधेसले शेरबहादुर देउवालाई सर्वाधिक भोट दिएर सभापति बनाएको छ, उहाँले त्यही मधेसलाई बिर्सनु भएको छ। अब स्थानीय चुनावको सामना कसरी गर्ने?'

माघ १२ मा हुँदै गरेको राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धन गरेको कांग्रेसले प्रदेश २ मा कुनै उम्मेदवार उभ्याएको छैन।

यसरी सभापतिमा पुनः निर्वाचित भएको केही हप्तामा गरिएका महत्त्वपूर्ण निर्णयमा उनले पार्टीको सम्पूर्ण पंक्तिले स्वामित्व लिनसक्ने परिस्थिति निर्माण गरेका छैनन्। महाधिवेशनमा विजयी भएर आएका अन्य पदाधिकारीसँग पनि सल्लाह गर्न पनि आवश्यक ठानेका छैनन्। मुख्यतः उनले नवनिर्वाचित पदाधिकारीको साथमा आगामी यात्रा तय गर्ने हो र उनीहरुकै सहयोगमा आफू सफल हुने हो भन्ने यथार्थ पनि स्वीकार गर्न नसकेको नेताहरुको आरोप छ। 'उहाँलाई रामचन्द्र पौडेल र कृष्ण सिटौला लगायतलाई खुसी बनाउन सके भयो। हाम्रो के वास्ता?', एक पदाधिकारी भन्छन्।

सभापतिमा पराजित शेखर कोइरालाप्रति उनले सम्मानभाव देखाउन सकेका छैनन्। त्यसको संकेत उनले वरीयता निर्धारणबाट दिएका छन्। केही अघि सार्वजनिक सूचीमा उनले कोइरालालाई बीसौं स्थानमा राखेका छन्। केन्द्रीय सदस्य भने उनी सभापतिको प्रतिस्पर्धामा दोस्रो बढी मत ल्याएका कारण स्वतः भएका हुन्। वरीयताको विषय देउवाले नै बढी भोगेको भन्दै उनले कमजोरी गर्न नहुने उपसभापतिका पराजित उम्मेदवार चन्द्र भण्डारी बताउँछन्। 'दशौं महाधिवशेनपछि सभापति गिरिजाप्रसाद कोइरालाले देउवालाई तेस्रो वरीयतामा राख्नुभएको थियो। सुशील कोइरालाले उहाँलाई दोस्रो वरीयतामा राख्नुभएको थियो। यसको अनुभव उहाँलाई छ', उनी भन्छन्, 'त्यसैले आफ्नो प्रतिपक्षलाई, आफूसँग लडेको साथीलाई कहाँ राख्ने भन्ने त उहाँले गर्ने हो। यत्रो अनुभवप्राप्त र सफल मान्छेले कमिकमजोरी गर्नु हुँदैन।'

सभापतिमा दोस्रो स्थान ल्याएका प्रतिस्पर्धीलाई वरिष्ठ नेताका रुपमा परिभाषित गर्ने कांग्रेसको प्रचलन छ। विधानले वरिष्ठ नेताको उपाधि नदिए पनि देउवाले आफूपछिको वरीयतामा यसअघि पौडेललाई राखेका थिए। उक्त प्रचलनलाई यसपटक देउवाले तोडेका छन्। 'विधान अनुसार शेखर स्वतः केन्द्रीय सदस्य नहुने अवस्था रहेको भए देउवाले उनालई केन्द्रीय सदस्यमा समेत मनोनीत गर्ने थिएनन् होला। मलाई त शंकै लाग्छ', एक नेता भन्छन्।

प्रकाशित मिति: बुधबार, पुस २८, २०७८  ०८:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। शुक्रबार, मंसिर १९, २०८२
बालुवाटारमा सर्वपक्षीय बैठक सुरु, तस्बिरहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन... शुक्रबार, मंसिर १९, २०८२
पैसा र शक्तिको प्रभावमा मात्रै चुनाव जित्ने अवस्था आउन दिनुहुन्न : प्रधानमन्त्री हाम्रो पार्टी नेपालका प्रतिनिधिसँग आज सिंहदरबारमा भएको भेटका क्रममा उनले समाजमा पैसा र शक्तिको प्रभाव हुनेहरूले मात्र चुनाव जित्ने अ... शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
प्लेअफमा पुग्न लुम्बिनीलाई जनकपुरद्वारा १३३ रनको लक्ष्य शुक्रबार, मंसिर १९, २०८२
मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त शुक्रबार, मंसिर १९, २०८२
बालुवाटारमा सर्वपक्षीय बैठक सुरु, तस्बिरहरू शुक्रबार, मंसिर १९, २०८२
पैसा र शक्तिको प्रभावमा मात्रै चुनाव जित्ने अवस्था आउन दिनुहुन्न : प्रधानमन्त्री शुक्रबार, मंसिर १९, २०८२
देउवा भेट्न पुगे ओली शुक्रबार, मंसिर १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
आफूमाथि अन्याय भयो भन्दै सुदन गुरुङसँग रवि लामिछानेको गरे गुनासो बिहीबार, मंसिर १८, २०८२
अब नेपालमा १०० भन्दा ठूला दरका भारु चल्ने बिहीबार, मंसिर १८, २०८२
सञ्चालनमा आयो भाटभटेनी बिहीबार, मंसिर १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्