काठमाडौं– नेकपा एमालेका ६१ जिल्लामा जारी अधिवेशनबाट २६ जिल्ला र दुई गैरभौगोलिक क्षेत्र (जिल्ला)को नेतृत्व चयन भएको छ। छानिएका २७ मध्ये २६ सर्वसम्मत र २ निर्वाचित हुन्।
निर्वाचनबाट अध्यक्ष चयन हुनेमा कपिलवस्तुका डम्मर शर्मा र नवलपरासी (पश्चिम)का दीपेन्द्र अधिकारी रहेका छन्।
हालसम्म प्रदेश १ का ५ जिल्ला, प्रदेश २ का १, बागमतीका ६, गण्डकीका २, लुम्बिनीका ९, कर्णालीका २, सुदूरपश्चिमका १ र गैरभौगोलिक २ जिल्लामा नेतृत्व चयन भएको छ। बाँकी जिल्लामा कहीँ सहमतिको प्रयास भइरहेको छ भने कहीँ निर्वाचनको प्रक्रिया अघि बढेको छ।
यी हुन् हालसम्म नेतृत्व टुंगिएका जिल्ला:
प्रदेश १
१. झापा– दीपक कार्की
२. मोरङ– ऋषिकेश पोखरेल
३. खोटाङ – रामप्रसाद दंगाल
४. धनकुटा – इन्द्रमणि पराजुली
५. तेह्रथुम– जमान कन्दङवा
प्रदेश २
१. सप्तरी– ताराकान्त चौधरी
बागमती प्रदेश
१. धादिङ–भूमी त्रिपाठी
२. काभ्रेपलाञ्चोक–अशोक ब्यान्जु
३. भक्तपुर– बचन देउजा
४. रसुवा – कर्णेल तामाङ
५. नुवाकोट – बद्री मैनाली
६. मकवानपुर– एकालाल श्रेष्ठ
गण्डकी प्रदेश
१. गोरखा – प्रेम गुरुङ
२. तनहु – श्रीप्रसाद श्रेष्ठ
लुम्बिनी प्रदेश
१. पाल्पा – धनेन्द्रराज घिमिरे
२. गुल्मी – बालकृष्ण काउछा मगर
३. अर्घाखाची – पिताम्बर भुसाल
४. बाँके – किस्मत कुमार कक्षपती
५. बर्दिया – लालबहादुर श्रेष्ठ
६. दाङ – हुकुमबहादुर बस्नेत
७. रुपन्देही – तेजेन्द्र केसी
८. कपिलवस्तु – डम्मर शर्मा (निर्वाचित)
९. नवलपरासी (पश्चिम) – दीपेन्द्र अधिकारी (निर्वाचित)
कर्णाली प्रदेश
१. डोल्पा – शेरबहादुर बुढा
२. सल्यान – गोविन्द पुन मगर
सुदूरपश्चिम प्रदेश
१ बैतडी- रमिल बम
गैरभौगोलिक जिल्ला
१. मजदूर विशेष – जितेन्द्र श्रेष्ठ
२ पेशागत विशेष – उमेश ढकाल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।