काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको नागरिकलाई विदेशीले तुइन काटेर खोलामा हाल्दासमेत नबोल्ने वर्तमान सरकार जस्तो आफ्नो पार्टी नभएको बताएका छन्।
एमालेको जिल्ला अधिवेशन भर्चुअल रुपमा उद्घाटन गर्दै उनले सरकारलाई ‘निम्छरो’को संज्ञा दिएका हुन्। उनले भने, ‘एमालेको सरकार देशका छुटेका भूभाग राखेर नक्सा जारी गर्ने र पास गर्ने सरकार हो। तुइन काटेर खोलामा हाल्दा नबोल्ने निम्छरो सरकार होइन।’
उनले एमाले विदेशी हस्तक्षेका विरुद्ध एक्लै दृढताका साथ बोल्ने गरेको बताउँदै पाँच दलीय गठबन्धनले बोल्न नसकेको बताए। उनले थपे, ‘मलाई शरम लाग्छ, त्यस्ताहरु सरकारमा बस्ने कसरी हक राख्छन्? हुन त उनीहरुले सरकारमा बस्ने जनादेश नै पाएका थिएनन्।’
एमाले देशका लागि लड्ने र देश बनाउने पार्टी रहेकाले प्रवेशको लहर बढेको समेत उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।