काठमाडौं– नेकपा एमालेको ६१ जिल्लाको अधिवेशन उद्घाटन गर्दै अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व चयनमा सकेसम्म सहमति जुटाउन जोड दिएका छन्। सहमतिका आधारमा नेतृत्व चयन हुनै नसक्ने अवस्थामा मात्रै स्वस्थ प्रतिस्पर्धामा जान आग्रह गरेका छन्।
एमाले केन्द्री कार्यालय काठमाडौंबाट भर्चुअल उद्घाटन गर्दै उनले भने, ‘उच्चस्तरको सहमति, समझदारी र साझा निष्कर्षका साथ उपस्थित चुनौतीको सामना गर्नेगरी नेतृत्व चयन गर्नुपर्छ।’
उनले उज्याला सम्भावना साकार पार्ने कुरामा कार्यकर्ता र पार्टी सदस्य पंतिको एकता आवश्यक रहेको छ। यतिबेला नेता–कार्यकर्तामा समझदारी, धैर्यता र संयम जरुरी रहेको उनको भनाइ छ। उनले थपे, ‘आफ्ना साना क्षणिक हित र प्रतिष्ठाभन्दा माथि जिम्मेवारी बहन गरेर अघि बढ्नुपर्ने आवश्यकता महत्वपूर्ण हो।’
पार्टीको दशौं महाधिवेशनमा सहमतिका प्रयास गरिएको कुरालाई स्मरण गराए। कहीँकतै सहमति नहुँदा लोकतान्त्रिक अभ्यासको अर्को रुप अपनाइएको बताउँदै त्यसैलाई आत्मसाथ गर्न निर्देशन दिएका छन्।
‘हामीले दशौं महाधिवेशनको अधिकतम सहमतिको प्रयास गर्यौं। कहीँकतै निर्वाचनको अघि बढ्ने नीति पनि अख्तियार गर्यौं,’ उनले भने, ‘सकेसम्म समझदारी र सहमति एकताबद्ध भएर मन नखुम्च्याइ अघि बढ्न र सहमतिका साथ नेतृत्व निर्माण गरी टिम स्पिटरका साथ अघि बढ्न अनुरोध गर्दछु। नभए स्वस्थ प्रतिस्पर्धा जान आग्रह गर्दछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।