काठमाडौं- सत्ता गठबन्धनको सरकार सञ्चालन समन्वय समितिको बैठक बसिरहेको छ।
शुक्रबार बिहान १० बजेपछि समितिको बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसिरहेको हो।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, समिति संयोजक रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल लगायतका नेताहरुको उपस्थित रहेको छ। बैठकमा राष्ट्रिय सभा निर्वाचन लगायतका विषयमा छलफल भइरहेको जनाइएको छ।
यसअघि शुक्रबार पनि उक्त समितिको बैठक बसेको थियो। संसद बैठक संचालन लगायका विषयमा बैठकमा छलफल भएको थियो।
बुधबार साँझ समितिका संयोजक पौडेल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न बालकोट पुगेका थिए भने बिहीबार साँझ प्रधानमन्त्री देउवा राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटवार्ताका लागि शितलनिवास पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।