काठमाडौं- परराष्ट्रमन्त्री डा नारायण खड्का र भारतका विदेशमन्त्री डा एस जयशंकरबीच टेलिफोन वार्ता भएको छ। उनीहरुबीच बिहीबार दिउँसो टेलिफोन वार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको हो।
उक्त वार्ताका क्रममा दुई मन्त्रीबीच द्विपक्षीय सम्बन्धको मैत्रीपूर्ण अवस्थाका बारेमा छलफल भएको थियो। सो अवसरमा द्विपक्षीय भ्रमण आदानप्रदान र विकास आयोजनाको कार्यान्वयन र भूकम्पपछिको पुनर्निर्माणमा भएको प्रगतिका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
उक्त वार्तामा परराष्ट्रमन्त्री खड्काले कोरोनाविरुद्धको लडाइँमा नेपाललाई निरन्तर सहयोग र सहयोग गरेकोमा भारतका विदेशमन्त्री जयशंकरलाई धन्यवाद ज्ञापन गरेका थिए।
दुई देशबीचको सहयोगका क्षेत्रमा वार्ता जारी राख्न दुवै विदेशमन्त्री सहमत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।