काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने तय भएको 'भाइब्रेन्ट गुजरात समिट' स्थगित भएको छ।
भारतीय सञ्चारमाध्यम एबीपी लाइभका अनुसार देशमा कोरोना संक्रमितको संख्या तिव्रगतिमा बढ्दै गएकाले भाइब्रेन्ट सम्मेलन स्थगित गरिएको छ।
उक्त सम्मेलन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर गुजरातको गान्धीनगरमा १० जनवरीमा उद्घाटन हुने कार्यक्रम रहेको थियो।
उक्त कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री देउवा आइतबार भारत प्रस्थान गर्ने कार्यक्रम तय भएको थियो। जहाँ देउवा र मोदीबीच द्वीपक्षीय वार्ता हुने बताइएको थियो।
तर कोरोना भाइरस संक्रमितको संख्याका बढ्दै गएका कारण तत्काललाई कार्यक्रम स्थगित गरिएको भारतीय सञ्चारमाध्यमहरुमा जनाएका छन्।
१० देखि १३ जनवरीसम्म समिट हुने तय थियो। यसअघि गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले समिट अघि शैक्षिक संस्थाहरुको दुई दिवसीय अन्तर्राष्ट्रिय सम्मेलन बुधबार उद्घाटन गरेका थिए।
पछिल्लो २४ घण्टामा उक्त राज्यमा ३ हजार ३ सय ५० भन्दा धेरै कोरोना संक्रमित फेला परेका छन्। ओमिक्रोन संक्रमतिको संख्यासमेत २ सय भन्दा धेरै पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।