काठमाडौं- सत्ता गठबन्धनमा आबद्ध दलहरुको उच्चस्तरीय राजनीतिक समन्वय समितिले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनमा आबद्ध दलहरुका उम्मेदवारलाई जिताउन अपिल गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको समन्वय समितिको बैठकले यही माघ १२ गते हुने निर्वाचनमा आफूहरुका उम्मेदवारलाई जिताउन अपिल गर्ने निर्णय गरेको बैठक स्रोतले जानकारी दिएको छ। गठबन्धनले निर्वाचन हुन लागेका १९ पदमा सहमति गरेर साझा उम्मेदवारी दिएका छन्।
त्यस्तै, आफ्ना उम्मेदवारहरुलाई जिताउन सात वटै प्रदेशमा संयन्त्र निर्माण गर्ने निर्णय पनि गरिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले यही आइतबारदेखि गर्न लागेको भारत भ्रमणको शुभकामना पनि दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।