काठमाडौं- उच्चस्तरीय राजनीतिक समितिको बैठक बसिरहेको छ।
बिहीबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा उच्चस्तरीय राजनीतिक समितको बैठक बसिरहेको हो।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, समितका संयोजक रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका सत्ता गठबन्धनका शीर्ष नेताहरु सहभागी छन्।
बिहान ९ बजेपछि बसिरहेको बैठकमा राष्ट्रिय सभा निर्वाचन, संसदको गतिरोध, एमसीसी र प्रधानमन्त्री देउवाको भारत भ्रण लगायका विषयमा छलफल भइरहेको स्रोतको भनाइ छ।
यसअघि बुधबार साँझ समितिका संयोजक पौडेलले बालकोट पुगेर प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मासँग कुराकानी गरेका थिए। उनीसँगको कुराकानीबारे पनि पौडेलले बैठकमा ब्रिफिङ गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।