कांग्रेस महामन्त्री थापा, फाइल तस्बिर
काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धन रहेपनि आगामी चुनावमा कांग्रेसले अरु पार्टीसँग तालमेल नगर्ने बताएका छन्। सत्तारुढ गठबन्धन आगामी चुनावसम्म रहेपनि चुनाव भने कांग्रेस एक्लैले लड्ने थापाको भनाइ छ।
'राष्ट्रिय सभाको निर्वाचनसँगै चुनावी तालमेल समाप्त हुन्छ। हामी एक्लै चुनावमा जान्छौं,' थापाले भने, 'चुनावसम्म सरकारको गठबन्धन रहन्छ, तर चुनाव कांग्रेस एक्लै लड्छ। पार्टीले त्यो वातावरण बनाओस्।'
बुधबार बुधबार सिंहदरबार नजिकैको एक होटलमा आयोजित भेलामा झन्डै कांग्रेस इतर (शेखर कोइराला पक्ष)को भेलामा बोल्दै थापाले पार्टी सभापतिबाट इग्नोर (बेवास्ता) भए सैह्य नहुने चेतावनी दिए।
'टिममा अवसर दिँदा सही व्यक्ति सही ठाउँ हाम्रो नारा हो। विधिसम्मत पार्टी चलोस् भन्ने हाम्रो चाहना हो,' थापाले भने, '४० प्रतिशत मत ल्याएको शक्तिलाई इग्नोर गरेर पार्टी चल्न सक्दैन। हामी सभापतिलाई सहयोग गर्छौं, तर हामीलाई इग्नोर सैह्य हुँदैन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।