काठमाडौं- प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।
पुस २२ बिहीबार दिउँसो १ बजे बस्नेगरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक स्थगित भएको संघीय संसदका महासचिव डा भरतराज गौतमले जानकारी दिए।
उनका अनुसार अब बैठक पुस २८ गते बुधबार दिउँसो १ बजे बस्ने गरि निर्धारण भएको छ।
प्रतिनिधि सभा बैठक सूचना निकालेर दोस्रो पटक स्थगित भएको हो। यसअघि पुस १८ मा बैठक तोकिएको थियो। तर त्यसअघि नै सूचना जारी गरेर पुस २२ का लागि बैठक सारिएको थियो।
बैठकको अघिल्लो दिन बुधबार सूचना निकालेर बिहीबारका लागि तय भएको बैठक २८ गते बुधबारका लागि सारिएको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।