काठमाडौं- आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनका दलहरुले उम्मेदवारी दर्ता गराएका छन्।
गठबन्धनका कांग्रेस, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका उम्मेदवारले मंगलबार उम्मेदवारी दर्ता गराएका हुन्।
नेपाली कांग्रेसबाट बाँकेका युवराज शर्मा, नेकपा (एकीकृत समाजवादी)बाट राजेन्द्रलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाबाट रुपन्देहीका तुलप्रसाद बिश्वकर्माले उम्मेदवारी दर्ता गराएका हुन्।
निर्वाचन आयोगले सातवटै प्रदेशस्थित निर्वाचन कार्यालयमा मंगलबार बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयनको लागि समय छुट्याएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।