काठमाडौं- आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि बागमती प्रदेशबाट सत्ता गठबन्धनका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन्।
मंगलबार हेटौंडास्थित प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर सत्ता गठबन्धनका उम्मेदवारहरुले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका हुन्।
गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेल र नेकपा एकीकृत समाजवादीबाट गोमा तिमेल्सिनाले उम्मेदवारी दर्ता गराएका हुन्।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेल २०७४ सालमा शेरबहादुर देउवा सरकारले राष्ट्रिय सभा सदस्यमा सिफारिश भएका भए पनि राष्ट्रपतिबाट मनोनीत भएका थिएनन्।
निर्वाचन आयोगले सातवटै प्रदेशस्थित निर्वाचन कार्यालयमा मंगलबार बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयनको लागि समय छुट्याएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।