काठमाडौं– पूर्वमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य यदुवंश झा नेकपा एमालेमा फर्किएका छन्।
एकीकृत समाजवादीका प्रदेश २ मा प्रभावशाली नेताका रुपमा परिचित झा आइतबार एमालेमै फर्किएका हुन्। आइतबार साँझ बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर पार्टीमा प्रवेश गराएका हुन्। सो अवसरमा स्थायी कमिटी सदस्य प्रभु साह र केन्द्रीय सदस्य सञ्जीव कुमार झासमेत उपस्थित थिए।
यसअघि पनि झाले एमाले छाडेका थिए। तत्कालीन माले समाजवादीका सह–अध्यक्ष रहेका झा २०७० सालमा एमाले प्रवेश गरेका थिए।
झा पहिले पनि एमालेका पोलिटब्यूरो सदस्य रहिसकेका व्यक्ति हुन्। २०६० मा एमाले परित्याग गरी मालेमा पुगेका झा २०६९ मा बाबुराम भट्टराईको नेतृत्वमा सरकार गठन हुँदा माले फोडेर माले समाजवादी गठन गर्दै वन मन्त्री बनेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।