एजेन्सी- बलिउडमा फिट एण्ड फाइन रूपमा प्राय सबै अभिनेत्रीको डेब्यू हुन्छ। चर्चा उनीहरूको सुन्दरताको बढी हुन्छ। 'जोर लगाके हैसा' फिल्मबाट अभिनेत्री भूमि पेडणेकर मोटी युवती बनेर पर्दामा डेब्यू गरिन। फिल्मले सफलता हासिल गर्यो।
तीन फिल्म रिलिज भइसक्दा भूमि शतप्रतिशत हिट दिने अभिनेत्रीको सूचिमा परेकी छन्। उनको दोस्रो फिल्म शौचको सामाजिक मुद्धामा केन्द्रित थियो भने तेस्रो फिल्म 'शुभ मंगल सावधान' पनि वक्सअफिसमा सफल भयो। हरेक फिल्ममा उनका भूमिका फरक छन्।
भूमिले बलिउडमा आएर हिरोइनका बारेमा रहेको पूरानो परिभाषालाई तोड्ने काम गरेको बताएकी छन्।
'नायिकाका बारेमा रहेको पक्षपाती धारणालाई तोडेको छु। यसराज फिल्मसबाट मैले मौका पाँए तर मैले गरेका कुनै पनि भूमिका ग्ल्यामर नायिकाले गर्दै आएका भूमिका जस्ता छँदै छैन्', उनले भनिन् ।
पहिलो फिल्ममा धेरै मोटी बनेकी भूमीले हाल आफ्नो वजन निक्कै नै कम गरेकी छन्। तीनै फिल्ममा गाँउले युवती बनेकी भूमिका आगामी फिल्ममा पनि उनी त्यस्तै भूमिकामा देखिनेछिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।