• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

बंगलादेशको जन्म हुनुको कारण भाषा र संस्कृतिमाथिको दमन थियो कि भारतीय षड्यन्त्र?

आबिद हुसैन बिहीबार, पुस १, २०७८  १७:३६
1140x725

बंगलादेशले आज (डिसेम्बर १६) मा सार्वजनिक बिदा दिने गरेको छ। सन् १९७१ मा आजकै दिन तत्कालीन पूर्वी पाकिस्तानसामु पश्चिमी पाकिस्तानका सेनाले आत्मसमर्पण गरेपछि बंगलादेश स्वतन्त्र हुने बाटो खुलेको थियो।

बंगलादेशलाई सबैभन्दा पहिला स्वतन्त्र मुलुकको दर्जा दिने देश भारत थियो। भारत र बंगलादेशले गएको डिसेम्बर ६ मा ‘मैत्री दिवस’ मनाए। गत मार्चमा बंगलादेशको राष्ट्रिय दिवस मनाउन ढाका पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँकी प्रधानमन्त्री शेख हसिना वाजेदसँग मैत्री दिवस मनाउने सहमति गरेका थिए।

डिसेम्बर ६ को महत्व बुझ्नका लागि ५० वर्षअघि पुग्नुपर्ने हुन्छ। भारतले १९७१ डिसेम्बर ६ मा बंगलादेशलाई स्वतन्त्र देशको मान्यता दिएको थियो। जबकि, त्यतिबेला बंगलादेश पाकिस्तानको पूर्वी हिस्सा थियो।

त्यसको १० दिनपछि डिसेम्बर १६ मा पूर्वी पाकिस्तानमा पाकिस्तानी सेनाका कमान्डर लेफ्टिनेन्ट जनरल अमिर अब्दुल्ला खान नियाजीले भारतीय सेनाका लेफ्टिनेन्ट जनरल जगजित सिंह अरोडाका सामु आत्मसमर्पणको दस्तावेजमा हस्ताक्षर गरेर आफ्नो हार स्वीकार गरे। त्यसपछि नै बंगलादेश औपचारिक रूपमा विश्वको नक्शामा एउटा देश बन्न सफल भएको थियो।

अहिले पनि पाकिस्तानीहरू पूर्वी पाकिस्तानलाई स्वतन्त्र देश बनाउन भारतले भूमिका खेलेको बताउँछन्। पाकिस्तानको केन्द्रीय बोर्डद्वारा प्रकाशित ९ र १० कक्षाको पुस्तकमा लेखिएको छ- ‘पूर्वी र पश्चिमी पाकिस्तानलाई अलग देश बनाउन भारतको भूमिका थियो।’ भारतलाई पाकिस्तान देश बनेको नै मन नपरेको हुनाले सुरुवातदेखि नै फुटाउन षडयन्त्र गरिरहेको ती पुस्तकमा उल्लेख छ। उनीहरूले लेखेका छन् कि पूर्वी पाकिस्तानमा ठूलो संख्यामा रहेका हिन्दूहरू भारतप्रति सहानुभूति राख्थे र त्यसैलाई आधार बनाएर पृथकतावादी तत्वहरूले ठाउँ पाएका थिए। अनुसन्धानकर्ता तथा लेखक अनम जकारियाले यसबारेमा आफ्नो पुस्तक ‘१९७१, अ पिपल्स हिस्ट्री फ्रम बंगलादेश, पाकिस्तान एन्ड इन्डिया’ मा ती पाठ्यपुस्तकमा सबै बंगाली हिन्दूलाई भारतका समर्थक र ‘देशद्रोही’को रूपमा प्रस्तुत गरेका छन्। 

पाकिस्तान स्थापनाको २४ वर्षमा यसका दुई हिस्सा दुई देश भएका थिए। पश्चिमी पाकिस्तानसँग छुट्टिएर बंगलादेश स्थापना भएको ५० वर्ष पूरा भएको छ। त्यस्तो के कारण थियो कि पाकिस्तानको जन्म भएको करिब अढाई दशकमै देश टुक्रिन पुग्यो? के त्यो भाषा, संस्कृति र अन्याय नै मुख्य कारण थियो? वा कुनै षडयन्त्र थियो?

राजकीय भाषाको मान्यता उर्ध्दूलाई मात्र
१९४७ अगष्टमा पाकिस्तान अस्तित्वमा आउँदा यसका प्रमुख दुई भाग थिए– पूर्वी र पश्चिमी पाकिस्तान। पूर्वी पाकिस्तानमा देशका ५६ प्रतिशत जनसंख्याको बसोबास थियो, जो बंगाली भाषा बोल्थे। पश्चिमी पाकिस्तानमा पंजाबी, सिन्धी, बलुची, पश्तो र अन्य स्थानीय भाषा बोल्नेहरू बस्दथे। यसका साथै भारतबाट पलायन भएका मुसलमान पनि पश्चिमी पाकिस्तानमा थिए, जो उर्ध्दू भाषा बोल्थे। तर, उर्ध्दू बोल्नेहरू देशको कुल जनसंख्याको केवल तीन प्रतिशत मात्र थिए।

बंगलादेशको इतिहास अध्ययन गर्ने डच प्राध्यापक विलियम वान शिन्डलले आफ्नो पुस्तक ‘अ हिस्ट्री अफ बंगलादेश’मा लेखेका छन् कि भारतबाट छुटेर सन् १९४७ मा पाकिस्तान अस्तित्वमा आएलगत्तै त्यहाँ ‘उत्तर भारत’का व्यक्तिहरूको हैकम चल्न थाल्यो। उनका अनुसार बंगलादेशी मुसलमानहरू बहुसंख्यक भएको कारण आफूहरूको अहम् भूमिका हुने मान्यता राख्थे। तर, उत्तर भारतका मुसलमान नेताहरूले देशको बागडोर आफ्नो हातमा लिए। उनीहरू आफूलाई दक्षिण एसियामा मुस्लिम आन्दोलनको ‘मसिहा’ ठान्थे।

Ncell 2
Ncell 2
nimb
nimb

पाकिस्तानको सत्ता नियन्त्रणमा लिएका उत्तर भारतका मुसलमानहरु दुई समूहमा निर्भर थिए– शरणार्थी र पश्चिमी पंजाबका मुसलमान। उनीहरू नै देशको हरेक राम्रो वा नराम्रो क्रियाकलापको लागि जिम्मेवार थिए।

भारतबाट पलायन भएर पाकिस्तान गएकाहरू उर्ध्दू बोल्थे। शरणार्थी भएर गएकाहरू अल्पसंख्यक भए पनि आफ्नो रीति–रिवाज र परम्पराले पाकिस्तानको स्थानीय संस्कृतिमाथि नियन्त्रण गर्न सफल रहे। त्यसपछि पंजाबका मुसलमानले सेना, कृषि भूमि र अन्य संस्थानमा कब्जा गर्न थाले र आफ्नो समुदायलाई विस्तार गरेर बहुसंख्यक बनाए। शिन्डलका अनुसार पूर्वी र पश्चिमी पाकिस्तानीबीचको विवाद यहीँबाट सुरु भएको हो। पश्चिमी पाकिस्तानमा बंगाली भाषा बोल्ने कोही पनि थिएन। उनीहरू बंगालीमाथि ‘हिन्दूको प्रभाव’ भएको आरोप लगाउँथे।

सन् १९४८ फ्रेब्रुअरीमा एक बंगाली सांसदले संसद् बैठकमा उर्ध्दूका साथै बंगाली भाषा पनि प्रयोग गर्नुपर्ने प्रस्ताव राखे। यसबारे तत्कालीन प्रधानमन्त्री लियाकत अली खानले भनेका थिए कि पाकिस्तान देश यस उपमहाद्विपका करोडौँ मुसलमानको मागका कारण बनेको हो र मुसलमानको भाषा उर्ध्दू हो। यसकारण पाकिस्तानको साझा भाषा उर्ध्दू मात्र हुनसक्ने उनको भनाइ थियो। त्यसको अर्को महिना पाकिस्तानका संस्थापक मोहम्मद अली जिन्नाले ढाका भ्रमणका क्रममा पनि पाकिस्तानको राजकीय भाषा उर्ध्दू मात्र हुने बताए। त्यति मात्र नभइ उनले यसको विरुद्ध लाग्नेलाई ‘पाकिस्तानको दुश्मन’ घोषणा गरे।

दक्षिण एशियाको इतिहासका अर्का जानकार तथा लेखक नीलेश बोसले आफ्नो पुस्तक ‘रिकास्टिङ द रिजन’मा उल्लेख गरेअनुसार सन् १९४८ मा नै बंगाली बुद्धिजीवी मोहम्मद अली जिन्नाले बंगाली भाषालाई आधिकारिक बनाउन अभियान र छलफल थालेका थिए। तर, यसमा कुनै सुनुवाइ भएन। पृथकतावादी आन्दोलनमाथि किताब लेख्ने लेखक प्राध्यापक एहसान बटले भनेका छन्- 'विश्वका अधिकांश देशमा राष्ट्रभाषा नहुँदा पाकिस्तानलाई राष्ट्रभाषाको किन जरुरी परेको थियो? यो सोचनीय विषय थियो।'

Xtrem

Xtrem

अध्येता अनम जकारिया बंगलादेश गठनमा भाषा आन्दोलनको प्रमुख भूमिका रहेको बताउँछन्। उनी भन्छन्, ‘विषय यो मात्र होइन कि तपाईं कसैको भाषालाई स्वीकार गरिरहनुभएको छैन। भाषालाई दबाउनुको अर्थ हुन्छ कि तपाईं उनीहरूको संस्कृति दबाइरहनुभएको छ। पाकिस्तान देश गठन भएलगत्तै यही भएको हो, जब हामीले दख्यौँ कि सन् १९५२ मा भाषालाई लिएर भएको आन्दोलनमा विद्यार्थीहरूको मृत्यु भएको थियो, जुन गम्भीर थियो।’

सांस्कृतिक वर्चश्व, अन्याय र असमानता
कतिपय शोधकर्ता आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा पूर्वी पाकिस्तानीप्रति देखाइएको रवैया र उनीहरूमाथि भएको अन्याय पाकिस्तान टुक्रनुको प्रमुख कारण मान्छन्। लाहोरका एक शोधकर्ता तथा लेखक डा. तारिक रहमान पूर्वी पाकिस्तानीमाथि भएको अन्यायकै कारण देश टुक्रिएको मान्छन्।

अनम जकारियाका अनुसार आर्थिक शोषण या तानाशाहीजस्ता दोस्रो कारण पनि छन्, तर पश्चिमी पाकिस्तानले गरेको सांस्कृतिक अतिक्रमण नै प्रमुख कारण हो। उनका अनुसार पूर्वी पाकिस्तानीमाथि नस्लीय शब्दबाट सम्बोधन हुने गरेको थियो। उनीहरूलाई ‘कमजोर र हीन’ मानिन्थ्यो। यो पनि भनिन्थ्यो कि, उनीहरू ‘हिन्दू’ हुन् र उनीरूलाई शुद्ध गर्नुपर्ने आवश्यक छ।

डा. रहमान पनि मान्छन् कि, बंगलादेशी नागरिकलाई अपमानजनक तरिकाले बोलाउने गरिन्थ्यो। तल्लो दर्जाको नागरिक ठानिन्थ्यो। ‘त्यो अन्याय र असमानता नै देश टुक्रिने कारण थियो,’ उनी भन्छन्।

ढाका विश्वविद्यालयकी पूर्वप्राध्यापक मेघना गोहथाकर्ता पनि भाषिक र सांस्कृतिक असमानता तथा आर्थिक भेदभावकै कारण बंगलादेश स्वतन्त्र हुनु परेको बताउँछिन्। पश्चिमी पाकिस्तानलाई उच्च बनाउन ल्याइएका नीति नै पृथक देश हुनुको प्रमुख कारण थियो। पूर्वी पाकिस्तानमा उठेको असन्तुष्टिलाई बलपूर्वक नदबाएर लोकतान्त्रिक विधिमार्फत समाधान गरिएको भए त्यो स्थिति नआउने उनको आकलन छ।

के भन्छन् पाकिस्तान पक्षधरहरू?
पाकिस्तानका पूर्वप्रशासक तथा स्तंभकार स्व.सफदर महमूदले आफ्नो पुस्तक ‘पाकिस्तान क्यो टुँटा’ मा वामपन्थी नेताहरूका कारण बंगलादेश टुक्रिएको उल्लेख गरेका छन्। उनले ‘प्रान्तवादी प्रवृत्ति’ यसको प्रमुख कारण रहेको पनि बताएका छन्। उनले अवामी लिगलाई प्रान्तीय र क्षेत्रीय उद्धेश्य भएको ‘दबाब समूह’ बताएका छन्। त्यसले कहिल्यै राष्ट्रिय राजनीतिक पार्टीको भूमिका निभाउने कोसिससमेत नगरेको उनको भनाइ छ।

सन् १९४८ मा विधान सभामा बंगाली भाषाको प्रयोग गर्न गरिएको प्रस्ताव खारेज भएपछि अधिकांश पूर्वी पाकिस्तानीले यसलाई ‘पंजाबको दबदबा भएको केन्द्र सरकारले बंगालीबाट उनीहरूको मातृभाषा खोसेको’ आरोप लगाए। तर, त्यति बेला गभर्नर जनरल र प्रधानमन्त्री दुवै पन्जाबी थिएनन्।

बंगलादेशमा पाकिस्तानका उच्चायुक्त रहेका अफरासियाब मेहदी हाशमीले आफ्नो पुस्तक ‘१९७१, फैक्ट एन्ड फिक्सन’मा पश्चिमी पाकिस्तानले पूर्वी पाकिस्तानमा उर्ध्दू भाषा लाद्ने कोसिस गरेको आरोप पूरै झूट भएको उल्लेख गरेका छन्। उनी लेख्छन्, ‘उर्ध्दू पूरै उपमहाद्विपका मुसलमानको भाषा हो र यो देशको दुवै हिस्सामा बोल्न र बुझ्न सकिन्थ्यो। उर्ध्दू अरबी समान छ, जो कुरानको भाषा हो। यसकारण एक मुस्लिम देश हुनुको नाताले उर्ध्दू भाषा पाकिस्तानी पहिचानका लागि सबैभन्दा उत्तम हो।’

के पाकिस्तान टुक्रिने निश्चित थियो?
कतिपय शोधकर्ताका अनुसार पूर्वी र पश्चिमी पाकिस्तान एकसाथ रहन संभव नै थिएन। यी दुई क्षेत्रबीचको दुरी एक हजार माइलभन्दा धेरै थियो, जसको बीचमा एक ‘दुश्मन’ देश भारत थियो। कतिपयको भनाइ छ कि, दुवै क्षेत्रमा राजनीतिक, आर्थिक र सामाजिक मतभेद यति धेरै थियो कि लामो समय एक साथ रहन संभावना नै थिएन।

डा तारिक रहमानका अनुसार पश्चिमी पाकिस्तान आफ्नो प्रान्तीय र संघीय दर्जाका कारण सुरुदेखि नै सत्तामा थियो। संघीय सरकार पूर्वी पाकिस्तानमा जुट बिक्रीवापत कर उठाउँथ्यो र त्यसको खर्च त्यहाँ नगरेर ‘देशको सुरक्षा’का लागि गर्थ्यो। विलियम वान शिन्डलका अनुसार सन् १९४७ देखि १९७० सम्म पाकिस्तानको कुल खर्चको आधा रकम रक्षा बजेटमा जान्थ्यो। उनका अनुसार पाकिस्तान विदेशी मुद्राको सटहीमध्ये दुईतिहाइ जुट बिक्रीबाट कमाउँथ्यो र त्यो रकम प्रायः सबै पश्चिमी पाकिस्तानमा खर्च हुन्थ्यो। डा रहमानका अनुसार अधिकांश विकास परियोजना पनि पश्चिम पाकिस्तानमा केन्द्रित थिए।

उनका अनुसार पूर्वी पाकिस्तानको पार्टी अवामी लिगले सन् १९७० को चुनाव जितेर त्यसका नेता शेख मुजिबुर रहमानलाई सरकार बनाउने मौका मिलेको भए पनि देश एक भइरहँदैन थियो। शेख मुजिबले धेरै पटक संकेत दिइसकेका थिए कि उनी पूर्वी पाकिस्तानमा विकास परियोजना सुरु गर्न देशको रक्षा बजेट कटौती गर्न चाहन्छन्। तर, देशको सबैभन्दा शक्तिशाली संस्था पाकिस्तानी सेना आफ्नो बजेट घटाउन दिँदैन थियो। त्यसकारण देशको दुई हिस्साबीच टकराव आउनु निश्चित थियो।

प्राध्यापक मेघना गोहथाकर्ता पनि देशका दुई क्षेत्रबीचको दूरीका कारण छुट्टिनु निश्चितजस्तै रहेको बताउँछिन्। उनी भन्छिन्, ‘देशका दुई क्षेत्र टाढा हुनु मात्र छुट्टिनुको कारण होइन। पाकिस्तानको सरकारले देशको दोस्रो हिस्साका जनताको सांस्कृतिक र आर्थिक आकांक्षालाई कहिल्यै बुझ्न चाहेन। यो यस्तो हिस्सा थियो जहाँ देशको आधाभन्दा बढी जनता बस्थे।’

उता अनम जकारिया भने पाकिस्तानबाट बंगलादेश अलग हुने विषय पहिला नै निश्चित नभएको बताउँछन्। ‘यदि हामी छुट्टिनु निश्चितै थियो भनेर मान्छौँ भने हामी यसको कारणबारे कहिल्यै विचार गरेनौँ। ती २४ वर्षमा धेरै घटना भए जसले पृथकतासम्म लिएर गएका थिए,’ उनले भने।

शेख मुजिबमाथिको मुद्दा र १९७० को चुनाव
प्राध्यापक एहसान बटले आफ्नो पुस्तकमा लेखेका छन् कि सन् १९६५ मा पाकिस्तान र भारतबीच युद्ध हुँदा पूर्वी पाकिस्तानसँग केवल एक डिभिजन सेना र १५ फाइटर विमानका साथ नाम मात्रको रक्षा सुविधा थिए। पश्चिमी पाकिस्तानसँगको सिधा सञ्चार पनि ‘नहुने बराबर’ थियो। पाकिस्तानको रणनीति ‘पश्चिमले पूर्वको रक्षा गर्ने’ थियो। तर, भारतले आक्रमण गरेपछि पूर्वी पाकिस्तानका नागरिकले उनीहरूको सुरक्षा पश्चिमी पाकिस्तानको प्राथमिकतामा नरहेको बुझे।

अर्को वर्ष अवामी लिगका शेख मुजिबले लाहोरमा आफ्नो ६ सूत्रीय माग पेस गरेपछि उनको कडा आलोचना भयो र यसलाई भारतीय षडयन्त्रको आरोप लगाइयो। उनले प्रान्तीय स्वायत्तता र देशको रक्षामा जनसंख्याको अनुपातको हिस्साबमोजिम बजेट छुट्याउन माग गरेका थिए। उनको मागको सम्बोधन गर्नुको साटो उनीविरुद्ध भारतसँग मिलेर देश टुक्राउने षडयन्त्रमा लागेको आरोपमा मुद्दा चलाइयो। यसबाट शेख मुजिब पूर्वी पाकिस्तानका महत्वपूर्ण र लोकप्रिय नेता भए। उनको समर्थनमा पूर्वी पाकिस्तानमा आन्दोलन भए। 

सन् १९७० मा तानाशाह जनरल यायाब खानको सरकारले गराएको निर्वाचनमा पूर्वी पाकिस्तानका १६२ सिटमध्ये १६० मा अवामी लिग विजयी भयो। स्पष्ट बहुमत आए पनि सरकार बनाउने मौका अवामी लिगका नेता शेख मुजिबले पाएनन्। यो घटनाले पूर्वी पाकिस्तान स्वतन्त्र हुने बाटो खोलिदिएको प्राध्यापक एहसान बट बताउँछन्।

जुल्फिकर अलि भुट्टो, शेख मुजिब र राष्ट्रपति यायाब खानबीच अनेक वार्ता हुँदा विधानसभा बैठक बोलाउन सहमति भएन। यहीबीच बंगलादेशी स्वतन्त्रता संग्राम सुरु भयो। बंगालीहरू ‘मुक्ति वाहिनी’मा धमाधम भर्ना हुन थाले। अनि बंगलादेश स्वतन्त्र राष्ट्रको बाटोमा अगाडि बढ्यो।

-बीबीसी हिन्दीमा प्रकाशित सामग्रीको भावानुवाद

प्रकाशित मिति: बिहीबार, पुस १, २०७८  १७:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस
सम्बन्धित सामग्री
गाजामा इजरायलको कडा चेतावनी रक्षामन्त्री इजरायल काट्जले गाजाबाट इजरायली सेनामाथि आक्रमण भए गाजाका मानिसले ‘भारी मूल्य’ चुकाउनुपर्ने चेतावनी दिएका छन् । मंगलबार, असोज २०, २०८३
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई: ‘Ghost Particle’ न्युट्रिनो खोजको सम्मान रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले हेल्जेनलाई ‘आइसक्युब न्यूट्रिनो अब्जर्भेटरी’मा महत्त्वपूर्ण योगदान पुर्‍याएको तथा अन्तरिक्षबाट पृ... मंगलबार, असोज २०, २०८३
नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु दक्षिणी नाइजेरियाको बेनिन सहरबाट लागोसतर्फ गइरहेको दुई इन्जिनयुक्त टर्बोप्रप विमान सोमबार ओन्डो राज्यको इग्बोकाडा क्षेत्रमा दुर्घटना... मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्