फाइल तस्बिर
काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले सरकारले संसद् सञ्चालन गराउन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सँग वार्ता गर्न चाहेको बताएका छन्।
सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेतासमेत रहेका मन्त्री बडुले संसद्मा विद्यमान गतिरोध अन्त्य गरेर अघि बढ्न सरकारले प्रमुख प्रतिपक्षी दल एमालेलाई सहमतिमा ल्याउन वार्ता र संवादलाई सदैव अगाडि बढाउन चाहेको बताएका हुन्।
मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले अत्यावश्यक विधेयकहरु भने एमालेका विरोधका बीच पनि सरकारले अघि बढाउने स्पष्ट पारे। मन्त्री बडुले जनतालाई पीडाबोध भइरहेको नागरिकता ऐन, संघीय निजामती सेवा ऐनजस्ता अत्यावश्यक विधेयकहरु सहजै ढंगले अघि बढ्ने बताए।
मन्त्री बडुले आजबाट सुरु भएको हिउँदे अधिवेशन विधेयक अधिवेशन पनि भएकाले अत्यावश्यक विधेयकहरु अघि बढाउनुको विकल्प नभएको तर्क गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।