काठमाडौं– नेकपा एमालेको अवरोधकैबीच सरकारले राष्ट्रिय सभामा पनि विभिन्न ६ वटा विधेयक पेस गरेको छ।
गृहमन्त्री बालकृष्ण खाणको तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले सामाजिक सुरक्षा ऐन पहिलो संशोधन अध्यादेश २०७८, नेपाल प्रहरी र प्रदेश कार्यसञ्चालन सुपरीवेक्षण समन्वयको पहिलो संशोधन अध्यादेश २०७८ र तेजाब र अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७८ लाई सभासमक्ष पेस गरिन्।
यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुको तर्फबाट भौतिक पूर्वाधार मन्त्री यादवले नै अध्यादेश राष्ट्रिय सभामा पेस गरेकी छिन्।
फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र यौन हिंसाका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ तथा रेल्वे सम्बन्धी अध्यादेश पेस गरेकी हुन्।
यसअघि कानुनमन्त्री बडुले प्रतिनिधि सभामा यीनै ६ वटा विधेयक पेस गरेका थिए। प्रतिनिधि सभा र राष्ट्रिय सभामा एमालेले अवरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।