काठमाडौं– प्रतिनिधि सभाको बैठक सञ्चालन गर्नका लागि सभामुख अग्नि सापकोटाले बोलाएको कार्यव्यवस्थाको बैठकमा कुनै सहमति हुन सकेन। एमालेले अवरोध जारी राख्ने भनेपछि कुनै सहमति हुन नसकेको हो।
प्रमुख प्रतिपक्षी दल एमालेका तर्फबाट कार्यव्यवस्थाको बैठकमा सांसदहरु कृष्णभक्त पोखरेल र खगराज अधिकारी उपस्थित थिए। ‘हामीले हाम्रो कुरा राख्यौं। सभामुखलाई तपाईं सच्चिने हो भने संसद् चल्न दिने नत्र पुरानै अडानमा रहेको जानकारी दियौं,’ पोखरेलले भने, ‘सभामुखलाई आफ्नो कुरा राखेर हिँडेका छौं।’ एमालले आफ्नो कुरा राखेर हिँडेपछि कार्यव्यवस्था बैठक पनि सकिएको थियो।
एमालेले लामो समयदेखि प्रतिनिधि सभा अवरोध गर्दै आएको छ। गठबन्धनको सरकार निर्माण भएदेखि नै एमाले विरोधमा छ।
एमालेले यसअघि गठबन्धन सरकारका तर्फबाट जारी भएको राजनीतिक दलसम्बन्धी अध्यादेश र सभामुख अग्नि सापकोटाले आफूहरुले कारबाही गरेको सूचना समयमा कार्यान्वयन नगरेको आरोप लगाउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।