काठमाडौं- नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय कमिटीमा थप्न प्रस्ताव गरिएको नामलाई लिएर असन्तुष्टि व्यक्त भएको छ।
भक्तपुरमा जारी बैठकमा केन्द्रीय कमिटीमा थप गर्नका लागि विशाल भट्टराई, लालबाबु पण्डित, दुर्गा प्रसाईं लगायत ३९ जनाको नाम प्रस्ताव गरिएको थियो।
तीमध्ये ३० जना विधानले दिएको सुविधा (दश प्रतिशत) र ९ जना एकीकरण प्रक्रियाबाट आएकाहरुको नाम प्रस्ताव गरिएको हो।
तर, छलफल बिना नै नाम प्रस्ताव गरिएको भन्दै अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट लगायतले असन्तुष्टि जनाएका हुन्। नाम प्रस्ताव गर्दा पदाधिकारीहरूबीच छ्लफल नभएको उनीहरूको भनाइ छ।
उनीहरुले छलफलपछि मात्रै नाम प्रस्तावित गर्नुपर्ने धारणा राखेका छन्।
प्रस्तावित नाममा केही केन्द्रीय सदस्यहरूले पनि असन्तुष्टि जनाएका छन्। बैठकमा अहिले केन्द्रीय कमिटी सदस्यले प्रस्तावित नामका बारेमा आफ्नो भनाइ राखिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।