काठमाडौं- नेकपा एमालेको केन्द्रीय कमिटीमा मनोनित गरिने केन्द्रीय सदस्यको नाम प्रस्ताव गरिएको छ।
शनिबार भक्तपुरस्थित गट्ठाघरमा जारी एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मनोनित गर्ने केन्द्रीय सदस्यहरुको नाम प्रस्ताव गरेका हुन्।
ओलीले ४४ जनाको नाम प्रस्ताव गरेका हुन्। प्रस्तावित नाममा व्यवसायी दुर्गा प्रसाईंको नाम समेत प्रस्ताव गरिएको छ। चितवनमा सम्पन्न महाधिवनबाटै उनी केन्द्रीय सदस्य बन्न चाहेका थिए। अध्यक्ष ओलीले जारी गरेको सूचीमा उनी अटाएका थिएनन्।
त्यस्तै एमाले सचेतक विशाल भट्टराईलाई पनि प्रस्ताव गरिएको छ। भट्टराईलाई ओली निकट भएर पनि चितवन महाधिवेशनबाट केन्द्रीय सदस्य बनाइएका थिएनन्को। उनलाई प्रदेश अध्यक्ष बनाउने चर्चा थियो।
पदाधिकारीमा नपरेपछि केन्द्रीय सदस्य छाडेका लालबाबु पण्डितलाई पनि केन्द्रीय सदस्यमा प्रस्ताव गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।