• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ २१, २०८२ Wed, Feb 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

वाम तालमेलले उब्जाएको प्रश्न : प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको सपना कति नजिक?

64x64
किशोर दहाल बिहीबार, असोज १९, २०७४  ०६:२९
1140x725

प्रमुख दलहरुबीच २०७२ जेठ २५ गते भएको सहमतिले नेपालमा संसदीय व्यवस्थालाई निरन्तरता दिने बाटो खोलेको थियो। सहमतिको बुँदा नम्बर ८ ‘नेपालमा एक संवैधानिक राष्ट्रपति हुनेछन्’ भन्ने उल्लेख थियो। तर, यो बुँदामा माओवादीको भिन्न मत रहेको पनि उल्लेख छ। तर, भिन्न मत रहे पनि संविधान निर्माणको प्रक्रिया अघि बढाउने कुरामा ऊ सहमत भएको थियो।

चुवानी घोषणापत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको एजेन्डा लिएर चुनाव लडेको नेकपा एमालेले भने संसदीय प्रणालीलाई नै स्वीकार ग¥यो। माओवादीले भिन्न मत राख्दा एमालेले पनि आफ्नो घोषणापत्रलाई सम्झिने जाँगर देखाएन। एमालेका आलोचकहरु भन्छन्, एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री भइहाल्ने हतारोले देशले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखबाट शासित हुने अवसर गुमायो। उनीहरुको तर्क छ, शासकीय स्वरुपमा ठीक विपरित एजेन्डामा कांग्रेस र माओवादी रहेको त्यस अवस्थामा एमालेको एजेन्डा सहमतिको बिन्दु हुनसक्थ्यो।

संविधान निर्माणकै बखत कार्यकारी राष्ट्रपतीय प्रणालीको पक्षमा सुझाब दिने जनमत ठूलो थियो। अन्य क्षेत्रमा सहजताका साथ र मधेसमा आन्दोलन र अवरोधका बीचबाट ल्याइएको सुझाबमा पनि राष्ट्रपतीय प्रणालीको पक्षमा ठूलै जनमत थियो। तर, त्यसलाई लत्याइएपछि देश उही पुरानै अस्थिरताको दुष्चक्रमा फस्ने भन्दै धेरैले निराशा व्यक्त गरेका थिए।

तर, देशले सुधारिएको संसदीय व्यवस्था र संवैधानिक राष्ट्रपतिको मोडल तय गर्यो। र, संविधान निर्माणपछि एउटा नयाँ राष्ट्रपति र तीन फरक सरकारको अनुहार देखिसक्यो। अर्थात्, संविधान निर्माणपछि जुन संसदीय खेलहरु दोहोरिने आशंका गरिएको थियो, त्यस्तै भइरहेको छ।

जनताको निराशा सत्यको केन्द्रमै उभिएको रहेछ भन्ने दुई वर्षमा तीन सरकार फेरिएबाट प्रष्ट भइसकेको छ। सत्ताको ‘फिजेट स्पीनर’ यसैगरी घुमिरहने हो भने यो देशमा कहिल्यै पनि स्थिरता नआउने अनुमान गर्न गाह्रो पर्दैन।

तर, मंगलबार एमाले, माओवादी र नयाँ शक्तिबीच चुनावी तालमेल गर्ने सहमति भएपछि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको चाहना राख्नेहरुलाई पुनः आशावादी तुल्याएको छ। संविधान निर्माणताका सम्झौता गर्नुपर्ने बाध्यताका कारण संसदीय व्यवस्थामा जानुपरे पनि अब चुनावमार्फत आवश्यक दुईतिहाइको जोहो गरेर संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने शासकीय स्वरुप अपनाउने सकिने सम्भावनाबारे छलफल हुन थालेको छ।

साझा चुनावी घोषणापत्र

वाम तालमेलको सहमतिमा आगामी मंसिरमा हुने प्रतिनिधिसभाको चुनावमा साझा घोषणापत्रका आधारमा सहभागी हुने उल्लेख छ। त्यसका लागि तीनवटै दलका प्रतिनिधिहरु सम्मिलित प्रतिनिधिसभा निर्वाचन घोषणा पत्र मस्यौदा समिति गर्ने पनि भनिएको छ। यस किसिमको सहमतिले देशलाई नयाँ खालको शासकीय स्वरुपमा लैजाने संकेत पनि दिएको छ। कारण, उनीहरुको साझा घोषणा पत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेन्डाले प्रवेश पाउने छ।

Ncell 2
Ncell 2

घोषणा पत्रमा यो मुद्दाको सहज प्रवेश किन पनि अपेक्षित छ भने तालमेल गरेका तीन वटै दलको साझा एजेन्डा यही नै हो। विगतमा आफैंले उठाएको र घोषणापत्रमा राखेको मुद्दालाई छोड्नुपर्ने अवस्था कसैसँग पनि छैन। विगतको संविधान निर्माणको चरणमा जस्तो सम्झौता गर्नुपर्ने बाध्यता अब छैन। त्यसो त, एमाले र माओवादीले संसदीय व्यवस्थाकै कारण छोटो समयमै सरकारबाट बाहिरिनुपरेको निकट विगत पनि छ। एमाले अध्यक्ष ओलीमा संसदीय खेलकै कारण सरकारबाट बाहिरिनुपरेको रिस पनि तातो नै छ। त्यसैले पनि १६ बुँदेको गल्ती सच्याउने अवसर उनलाई छ।

नयाँ शक्ति त कार्यकारी राष्ट्रपतिको एजेन्डालाई निरन्तर बहसमा ल्याइरहेको पार्टी हो। बहसमा ल्याउने मात्रै नभइ नयाँ शक्तिको उदयको एउटा आधार नै यही मुद्दा हुने पार्टी संयोजक बाबुराम भट्टराईको आकलन थियो। एउटा छलफलमा भट्टराईले भनेका थिए, ‘संसदीय व्यवस्थाले निम्त्याउने अस्थीरतालाई जनताले बुझ्दै जाँदा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मुद्दा उठाउने नयाँ शक्तिको पनि सान्दर्भिकता बढ्छ।’

यस मुद्दाप्रति माओवादीको प्रतिबद्धतामा शंका गर्नुपर्ने कुनै कारण देखिदैन।

कुन मोडलको शासकीय स्वरुप?

शासकीय स्वरुपमा पनि नयाँ शक्ति र माओवादीको मोडल र एमालेको मोडल फरक किसिमका छन्। अघिल्ला दुई दल प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा छन् भने एमाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पक्षमा। एमालेले कार्यकारी प्रधानमन्त्री र संवैधानिक राष्ट्रपतिको परिकल्पना गरेको छ। राष्ट्रपति राष्ट्रप्रमुखका रुपमा रहने छन्।
तर, मुलभूत रुपमा जनताबाट प्रत्यक्ष निर्वाचित व्यक्तिले नै शासन गर्न पाउनुपर्छ भन्ने आधारभूत कुराचाहिँ यी तीनवटै दलहरुको साझा अपेक्षा हो।

नयाँ शक्तिका नेता खिमलाल देवकोटाले भने प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री के हुने भन्ने विषय खास ठूलो नभएको बताए। ‘प्रत्यक्ष निर्वाचित कार्यकारी चाहिने कुरामा यी तीन वटै दलहरु एकमत छन्’, देवकोटाले भने, ‘बाँकी कुरामा खास विवाद हुँदैन।’

देवकोटाको कुराप्रति एमाले नेता रवीन्द्र अधिकारीको समान धारणा छ। उनी आफ्नो दलले खास मोडललाई ठूलो विषय नबनाउने बताउँछन्। भन्छन्, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी भयो भने बाँकी तपशीलका कुरा हुन्।’

तर, तालमेल गरेका तीन दलबीच आफ्नै मोडललाई स्थापित गर्न पहल गर्ने सम्भावना पनि रहन्छ। त्यसो भयो भने एमाले प्रभावी हुन सक्ने सम्भावना छ। चार वर्ष अघिदेखिको संसदको गणित र स्थानीय तहको परिणामले पनि एमाले अन्य दुई भन्दा ठूलो पार्टी हो। त्यसैले घोषणा पत्र मस्यौदा समितिमा उसको प्रभाव बलियो देखिने नै छ।

अर्कोतिर एमालेमा एजेन्डा निकै मध्यमार्गी खालको छ। जसमा सबैले जितेको महसुस गर्ने सम्भावना रहन्छ। र, मुख्यतः राष्ट्रप्रमुखको रुपमा संवैधानिक राष्ट्रपतिको अभ्यास गरेको नौ वर्षे अनुभवले पनि यसमा सहयोग गर्न सक्छ। एमालेको मोडललाई सुरक्षित ठान्ने जमातका कारणले पनि यसमा सहमति जुट्ने सम्भावना रहन्छ। कारण, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बढी स्वेच्छाचारी र निरंकुश भएमा के गर्ने भन्ने आशंकाको उत्तर थोरै भए पनि यसले दिने छ। आवश्यक परे संविधान मिचेरै भए पनि त्यस्ता प्रधानमन्त्रीलाई नियन्त्रण गर्नका लागि अभिभावक स्वरुपमा राष्ट्रपति त चाहिन्छ भन्ने समूहलाई त्यसले सम्बोधन गर्ने छ।

संविधान संशोधन होला?

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको लागि संविधान संशोधन हुने कि नहुने भन्ने विषय यो गठबन्धनको चुनावी प्रदर्शन कस्तो रहन्छ भन्नेमा निर्भर रहन्छ। स्पष्ट रुपमा दुई तिहाइ मत ल्याएको खण्डमा संविधान संशोधन गर्न सहज हुने छ। तर, दुई तिहाइको सम्भावना भने न्यून रहन्छ। मधेस क्षेत्रको सिट सङ्ख्या र त्यहाँ यी दलहरुको तुलनात्मक कमजोर उपस्थितिले दुई तिहाइको सम्भावनालाई अवरोध गर्न सक्छ। अर्कोतिर लोकतान्त्रिक गठबन्धनको पनि चर्चाले वाम गठबन्धनको उदयको आकलन गर्न कठिन छ।

अधिकारीले यसै पटकको निर्वाचनले गठबन्धनको दुई तिहाइ आउने सम्भावना कम भए पनि यस पक्षमा निरन्तर लागी पर्ने बताए। ‘अब जे हुन्छ, संवैधानिक प्रक्रियाबाटै हुने हो,’ अधिकारीले भने, ‘तर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने सम्भावना भने बढेको छ।’

देवकोटाले भने संसदमा कम्युनिष्टहरु नै दुईतिहाइ पुग्न सक्ने आशा व्यक्त गरे। भन्छन्, ‘छरिएर रहेका कम्युनिष्ट दलहरुका सांसदहरु नै झण्डै दुई तिहाइ छ भने एकैसाथ चुनाव लड्दा त्यो सम्भावना बलियो छ।’

‘तालमेलले दुई तिहाइ मत दिलाउँछ,’ देवकोटाले भने, ‘पार्टी एकता नै भयो भने आफ्नो एजेन्डा सहजताका साथ लागु गर्न सकिन्छ।’

त्यस अवस्थामा यो मुद्दा लागु गराउनको लागि नारायणमान विजुक्छे नेतृत्वको नेमकिपा र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम सहयोगी हुन सक्छन्। तर, संविधान नै जारी भइसकेको अहिलेको परिस्थितिमा ती दलको आगामी एजेन्डा कस्तो हुने छ, त्यसले पनि प्रभाव पार्ने छ।

एउटा कुरा केचाहिँ निश्चित छ भने, अब कार्यकारी प्रमुखको एजेन्डा झन् बढी बलियो बनेको छ। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको चाहनेहरु सपनाको नजिक पुगेका छन्। तालमेलमा आबद्ध दलहरुले इमानदारीताका साथ पहल गर्ने हो भने बाहिरका मतदाताको मत पनि जोडिन सक्छ। कारण, कांग्रेसका धेरै शुभचिन्तकहरु पनि यसप्रति आकर्षित छन्। तर, शंका भने उही जेठ २५ मा जस्तै छ, निजि महत्त्वाकांक्षाले त्यसलाई कति प्रमुख र कति सहायक मुद्दा बनाउने छ।

प्रकाशित मिति: बिहीबार, असोज १९, २०७४  ०६:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
प्रधानमन्त्री कार्कीसँग श्रीलंकाली नवनियुक्त राजदूतको शिष्टाचार भेट भेटका अवसरमा नेपाल-श्रीलंका द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र साझा हितका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।... बुधबार, माघ २१, २०८२
कांग्रेस मुख्य सचिव पौडेलको राजीनामा स्वीकृत, दुलाल कार्यवाहक नियुक्त विशेष महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन भएपछि पौडेलले ८ माघमा पदबाट राजीनामा दिएका थिए । उनी ७ वैशाख २०७३ देखि कांग्रेस केन्द्र... बुधबार, माघ २१, २०८२
गृहमन्त्री अर्याल र यूएनओडिसी दक्षिण एसिया क्षेत्रीय प्रतिनिधिबीच शिष्टाचार भेट गृह मन्त्रालयमा सम्पन्न उक्त भेटमा गृहमन्त्री अर्यालले लागूऔषध नियन्त्रण, संगठित अपराध नियन्त्रणलगायतका क्षेत्रमा नेपाललाई यूएनओडिसी... बुधबार, माघ २१, २०८२
ताजा समाचारसबै
प्रधानमन्त्री कार्कीसँग श्रीलंकाली नवनियुक्त राजदूतको शिष्टाचार भेट बुधबार, माघ २१, २०८२
कांग्रेस मुख्य सचिव पौडेलको राजीनामा स्वीकृत, दुलाल कार्यवाहक नियुक्त बुधबार, माघ २१, २०८२
गृहमन्त्री अर्याल र यूएनओडिसी दक्षिण एसिया क्षेत्रीय प्रतिनिधिबीच शिष्टाचार भेट बुधबार, माघ २१, २०८२
१० न्यायाधीशको सरुवा, २० न्यायाधीशको पदस्थापन (सूचीसहित) बुधबार, माघ २१, २०८२
राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक बुधबार, माघ २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
निर्वाचन सुरक्षाका लागि भोलिदेखि सेना परिचालन हुँदै, कहाँ कति? मंगलबार, माघ २०, २०८२
निगमले सार्वजनिक गर्‍यो नेपाल ग्यासको वितरण तालिका बुधबार, माघ २१, २०८२
४२ जेनजी सहिद परिवारलाई उपसचिवसरह 'मासिक २१ हजार ८०० रुपैयाँ पेन्सन बुधबार, माघ २१, २०८२
३७ सयले बढ्यो सुनको मूल्य मंगलबार, माघ २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्