• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

द्वन्द्वकालीन मुद्दामा पीडकलाई छुटैछुट, दोषी ठहर भए पनि तीन वर्ष सामुदायिक सेवा गरे पुग्ने

64x64
नेपाल लाइभ बिहीबार, असार ७, २०७५  १२:४९
1140x725

काठमाडौं– सशस्त्र द्वन्द्वमा भएका मानव अधिकार हननका घटनामा छानबिन गर्न निर्माण भएको ऐन संशोधनको मस्यौदा सार्वजनिक भएको छ। कानुन मन्त्रालयले निर्माण गरेको मस्यौदामा यस्ता मुद्दा अलग्गै विशेष अदालतमा चल्ने प्रस्ताव गरिएको छ। 

मानव अधिकार उल्लंघनका अपराधहरुलाई गम्भीर र अन्य कार्य भनी दुई भागमा विधेयकमा विभाजन गरिएको छ। 

मानव अधिकार उल्लंघनमा दोषी देखिएमा पीडकले जेलमै बस्नु नपर्ने व्यवस्था पनि मस्यौदा विधेयकमा प्रस्ताव गरिएको छ। द्वन्द्वकालमा मानव अधिकार उल्लंघनमा संलग्न भई अदालतबाट दोषी ठहर भए पनि पीडकहरुलाई विभिन्न छुट दिने प्रस्ताव गरिएको छ। 

अदालतलाई सहयोग गरी अपराध स्वीकार गरे ७ लाखसम्म जरिवाना र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराएमा कैदमा पनि छुट र सजायको ७५ प्रतिशतसम्म कैद मिनाहा दिने व्यवस्था गरिएको छ। यस्तो छुटका लागि अदालतलाई सत्यतथ्यको विवरण प्रकट गरेमा, कसुरमा संलग्न भएकोमा पश्चत्ताप गरेमा र पीडितसँग क्षमायाचना गरेमा, अदालतले तोकेको परिपुरण पीडितलाई बुझाएमा र भविष्यमा त्यस्तो कसुर नगर्ने प्रतिज्ञा गरेमा ७५ प्रतिशतसम्म कैद कम गरिने विधेयकमा उल्लेख छ। 

क्षमादान पनि पाउने 
कानुन मन्त्रालयले मस्यौदा गरेको विधेयकमा पीडकले सहजै रुपमा मानव अधिकार हननका मुद्दामा छुट पाउनेगरी केही व्यवस्था प्रस्ताव गरिएको छ। विधेयकमा दुई अपराधमा संलग्न भएको देखिएमा एकमा क्षमादान पाउने भनिएको छ। यो व्यवस्थाले विभिन्न स्थानमा एउटै व्यक्ति मानव अधिकार उल्लंघनमा संलग्न भएमा कुनै एउटै मात्र कारबाही हुनेछ। 

‘कुनै पनि पीडक मानव अधिकारको गम्भीर उल्लंघन र अन्य कार्य वा दुवैमा संलग्न भएको छानबिनबाट देखिएमा त्यस्तो पीडकलाई मानव अधिकार उल्लंघनका अन्य कार्यमा भने क्षमादानको लागि सिफारिस गर्न सक्ने छ,’ विधेयकमा उल्लेख छ।

दुई वटा अभियोगमा सजाय गर्न नमिल्ने मनसायले यस्तो व्यवस्था विधेयकमा प्रस्ताव गरिएको कानुनमन्त्री शेरबहादुर तामाङले बताए। यो व्यवस्थाले धेरै वटा अपराधमा संलग्न रहेको व्यक्तिले कुनै एकमा मात्र सजाय पाउँदै अन्यमा उम्कनेछ। 

७ आधार देखिएमा मात्र विस्तृत अध्ययन 
सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोगमा दर्ता भएका सम्पूर्ण उजुरीमा अनुसन्धान नहुने विधेयकमा उल्लेख छ। 

Ncell 2
Ncell 2
nimb
nimb

आयोगमा दर्ता भएको उजुरीमाथि विस्तृत अध्ययन हुनका लागि ७ वटा आधार विधेयकले तय गरेको छ। प्रथम दृष्टिमा नै प्रमाण भेटिएकोमा, घटनाको प्रकृति तथा गम्भीरता, घटनामा संलग्न पीडक तथा पीडितको संख्या, नियोजित रुपमा भएको घटना, महिला बालबालिका, अशक्त वा अपांगता भएका व्यक्ति वा ज्येष्ठ नागरिकविरुद्ध भएको, सार्वजनिक चासो र सरोकार र अन्तराष्ट्रिय कानुन बमोजिम स्थापित भएका संयन्त्रबाट सिफारिस भएका घटनाहरु मात्र विस्तृत छानबिन हुने विधेयकमा उल्लेख छ। 

अन्य घटनामा भने महान्यायाधिवक्ताको कार्यालयलाई आवश्यक लागेमा थप अनुसन्धान हुनेछ। नलागेमा तामेलीमा जाने देखिन्छ। यसले गर्दा द्वन्द्वकालमा भएका सम्पूर्ण मानव अधिकार हननका घटनाहरुमा अध्ययन नहुने देखिएको छ।  पीडकहरु राजनीतिक पहुँच रहेको अवस्थामा भने यो व्यवस्था अनुसार अनुसन्धान नै नहुने खतरा देखिन्छ। 

विधेयकमा ऐनको नाम पनि परिवर्तन गर्न प्रस्ताव गरिएको छ। ‘संक्रमणकालीन न्यायको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ नामकरण गर्न प्रस्ताव गरिएको छ। 

प्रहरी कार्यालयमा विचाराधीन माओवादी नेताहरु विरुद्धका मुद्दा तत्काल फिर्ता लिने व्यवस्था विधेयकमा गरिएको छ। विधेयकमा विभिन्न प्रहरी कार्यालयमा राजनीतिक रुपमा आरोप लगाउँदै प्रहरी आफै उजुरीवाला भई दर्ता भएका उजुरी तथा जाहेरी  स्वत: आयोगको क्षेत्राधिकार परको मानिने मस्यौदा विधेयकमा उल्लेख छ। 

अदालतमा विचाराधीन मुद्दाबारे
सर्वोच्चले यसअघि नै आफ्नो फैसलामा नियमित अदालतमा विचाराधीन मुद्दाहरु अन्य निकायमा नसर्ने भने पनि विधेयकमा आयोगले परिपुरण र सत्य खोजीका लागि मिसिल माग्ने व्यवस्था प्रस्ताव गरिएको छ। ‘अदालतमा विचाराधीन मुद्दाहरु छानबिन गर्न र परिपुरण सिफारिस गर्न मुद्दाको मिसिल र कागजात पठाइदिन सम्बन्धित अदालत समक्ष अनुरोध गर्न सक्ने’ विधेयकमा उल्लेख छ। 

राष्ट्रिय मानव अधिकार आयोगमा र विदेशी निकायहरुमा पुगेका संक्रमणकालीन न्याय सम्बन्धी मुद्दा फिर्ता ल्याउन कूटनीतिक पहल गरिने विधेयकमा उल्लेख छ। तर आयोगले आफूसँग भएका विवरणहरु दुवै आयोगलाई उपलब्ध गराउन नसक्ने भन्दै आएको छ। 

आयोगले गरेको सिफारिसमा २ वर्षभित्र महान्यायाधिवक्ताको कार्यालयले मुद्दा दायर गर्नु पर्ने विधेयकमा हदम्याद प्रस्ताव गरिएको छ।  

गम्भीर र अन्य कार्य 
विधेयकले द्वन्द्वकालीन मुद्दालाई गम्भीर मानव अधिकार उल्लंघन र अन्य अपराध भनी दुई भागमा विभाजन गरेको छ। अन्य अपराधमा अपहरण, शरीर बन्धक बनाउने, अङ्गभङ्ग वा अपाङ्ग बनाउने, व्यक्तिगत वा सार्वजनिक सम्पत्ति लुटपाट, कब्जा, तोडफोड वा आगजानी गर्ने र घरजग्गाबाट जबरजस्ती निकाला वा अन्य कुनै किसिमबाट विस्थापन गर्ने कार्य हुने विधेयकमा प्रस्ताव गरिएको छ। 

मानव अधिकारको गम्भीर उल्लंघनमा गैरकानुनी हत्या, व्यक्ति बेपत्ता पार्ने, यातना दिने र जबरजस्ती करणी तथा अन्य यौनजन्य हिंसा गर्ने अपराधलाई वर्गिकरण गरिएको छ। 

सजाय अधिकतम ३ वर्ष 
विधेयकले यस्ता अपराधमा अधिकतम सजाय ३ वर्षको हुने व्यवस्था प्रस्ताव गरेको छ। अदालतलाई सहयोग गरेर अभियोग स्वीकार गरेमा ५ लाख रुपैयाँसम्म जरिवाना, ३ वर्षसम्म सार्वजनिक लाभको पदमा निर्वाचित, नियुक्ति वा मनोनीत हुन नपाउने र मुलुकबाहिर जान रोक लगाउने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ। 

परिपुरण 
पीडित परिवारलाई आवश्यक पर्ने परिपुरण सरकारले उपलब्ध गराउने विधेयकमा उल्लेख छ। पीडकबाट भराउने र सरकारले समेत यस्तो परिपुरण उपलब्ध गराउने विधेयकमा उल्लेख छ। विधेयकमा सामुदायिक र व्यक्तिगत गरी दुई प्रकारको परिपुरण हुने प्रस्ताव गरिएको छ।

विधेयकको केही अंश :

प्रकाशित मिति: बिहीबार, असार ७, २०७५  १२:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित]
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्