काठमाडौं– बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ।
मंगलबार ३७.१८ अंक घटेर २५०८.९१ विन्दुमा बन्द भएको नेप्से आजको उक्त सेसनमा ०.६२ अंक घटेर २५०८.२९ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१७ अंक बढेको छ।
बुधबार प्रि ओपन सेसनमा ५ कम्पनीको ५ लाख ८८ हजार ४०७ रुपैयाँ बराबरको २ हजार ६८१ कित्ता सेयर कारोबार भएको छ।
कारोबारमा आएकामध्ये तीन कम्पनीको सेयरमूल्य बढेको छ भने दुई कम्पनीको सेयरमूल्य घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।