काठमाडौं– फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ४२ प्रतिशत लाभांश घोषणा गरेको छ।
लघुवित्त सञ्चालक समितिको मंगलबार सम्पन्न बैठकले गत आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट चुक्तापुँजीको ३५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ७ प्रतिशत नगद गरी कुल ४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।