काठमाडौं– स्वावलम्बन लघुवित्तको २०औं वार्षिक साधारण सभा पुस १५ गते हुने भएको छ। एलिस रिसेप्सन गैरिधारामा हुने सभाले गत वर्षको नाफाबाट १९ प्रतिशत बोनस सेयर र करसहित ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
यस्तै, सभानले अधिकृत पूँजी रू. १ अर्बबाट बढाएर रू. १ अर्ब १५ करोड पुर्याउने प्रस्तावसमेत पारित गर्नेछ।
साथै, स्वतन्त्र सञ्चालकको नियुक्ति, प्रस्तावित बोनस सेयर वितरणपछि चुक्तापूँजी रू. १ अर्ब १२ करोड २१ लाख ७० हजार पुग्ने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन हुने प्रस्ताव पनि पारित गर्नेछ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ६ गतेदेखि सभाको मितिसम्म बुक क्लोज गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।