काठमाडौं– आज दिनभर देशका अधिकांश स्थानमा बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। प्रदेश १ र २ मा आंशिक बदली रही अन्य भागको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशका केही भागमा आज वर्षा तथा उच्चपहाडी क्षेत्रमा हिमपात हुने मौसम पूर्वानुमान महाशाखाको भनाइ छ। आज दिउँसो प्रदेश १का केही स्थानमा हल्कावर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति पनि प्रदेश १ र प्रदेश २का केही भूभागमा आंशिक बदलीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
वर्षा र हिमपातसँगै देशभर चिसो बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।