काठमाडौं– ट्रकमा आगजनी गरेको आरोपमा कैलालीका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलालीको लम्की चुहा नगरपालिका–१ घर भएका २२ वर्षीय विशाल वटला छन्।
वटलालाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौंको मैतीदेबीबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ परेका वटलाले मंसिर ९ गते कैलालीको लम्कीमा भाडाको ट्रकमा पेट्रोल छर्केर आगो लगाएका थिए।
पैदल यात्री कैलालीको टीकापुर बस्ने गोमा थापालाई ठक्कर दिइ घटनास्थलमा नै मृत्यु भएको विषयलाई लिएर ट्रकमाथि आगजनी गरेको प्रकरणमा वटलालाई पक्राउ गरिएको हो।
पक्राउ परेका वटलालाई थप अनुसन्धान तथा कारबाहीको लागी इलाका प्रहरी कार्यालय लम्की, कैलाली पठाइएको प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।