काठमाडौं– साताको तेस्रो कारोबार दिन मंगलवार प्रि–ओपन सेसनमा नेप्से परिसूचक ३ दशमलव २७ अंकले बढेको छ ।
प्रि–ओपन सेसनमा नेप्से परिसूचक २ हजार ५४९ दशमलव ३६ विन्दुमा पुगेको छ। आजको उक्त सेसनमा २१ कम्पनीको २ हजार ५२३ कित्ता सेयरको कारोबार भएको छ।
कारोबारमा आएकामध्ये १६ कम्पनीको सेयरमूल्य बढेको छ भने चार कम्पनीको सेयरमूल्य घटेको छ। एउटा कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।