काठमाडौं- पश्चिमी निम्नचापीय प्रणाली तथा भारतको बंगालको खाडी र पश्चिम बंगाल–बंगलादेश आसपास रहेको न्यून चापिय क्षेत्रको प्रभावका कारण देशका अधिकांश स्थानमा बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
देशका केही भागमा आज वर्षा तथा उच्चपहाडी क्षेत्रमा हिमपात हुने मौसम पूर्वानुमान महाशाखाको भनाइ छ।
प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनासमेत छ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

चिसो बढेसँगै केही दित यता उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । उपल्लो डोल्पामा हिमपातपछि डोल्पोबुद्ध गाउँपालिका –१ ‘धो’ गाउँका घरहरु सेताम्य भएका छन् । मौसम खुलेसँगै हिमालहरु चाँदी झैं टलक्क टल्किएका छन्।

तस्बिरहरु : रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।