काठमाडौं– पश्चिमी निम्नचापीय प्रणाली तथा भारतको बंगालको खाडी र पश्चिम बंगाल–बंगलादेश आसपास रहेको न्यून चापिय क्षेत्रको प्रभावका कारण देशका अधिकांश स्थानमा बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
देशका केही भागमा आज वर्षा तथा उच्चपहाडी क्षेत्रमा हिमपात हुने मौसम पूर्वानुमान महाशाखाको भनाइ छ। आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।
प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनासमेत छ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति पनि प्रदेश १ र बागमती प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
वर्षा र हिमपातसँगै देशभर चिसो बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।