काठमाडौं- अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीले अमेरिकी सहयोगको परियोजना एमसीसी लिने वा नलिने विषय अमेरिकालाई प्रस्टसँग भन्नुपर्ने बताएका छन्।
सोमबार संसदीय सुनुवाइका क्रममा प्रस्तावित राजदूत खत्रीले एमसीसीबारे नेपाल र अमेरिका दुवै देशका अधिकारीहरुले भ्रम फैल्याउने काम गरेको दाबीसमेत गरे। उनले सो सम्झौतालाई इन्डो-प्यासिफिक स्ट्राटेजीसँग जोडेर हेर्न नहुने बताए।
प्रस्तावित राजदूत खत्रीले एमसीसी अनुदान भएको र ऋण तिर्नु नपर्ने स्पष्ट पारे। यो सम्झौता दुई मुलुकबीचको साझेदारीमा अगाडि बढ्ने उनको भनाइ थियो।
प्रस्तावित राजदूत खत्रीले संसदीय समितिलाई अमेरिकाले एमसीसीबारे पछिल्लोपटक प्रस्ट पारेको पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।