काठमाडौं- ललितपुरको गोदावरीस्थित सिद्धेश्वर महादेवबाट चोरी भएको बसुन्धरा भगवानको मूर्ति भेटिएको छ।
महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार चोरी भएको उक्त मूर्ति गोदावरीस्थित जङ्गलमा फेला परेको हो।
यही मङ्सिर १४ गते सिद्धेश्वर महादेव मन्दिरबाट विष्णु भगवानको मूर्ति एक थान र बसुन्धरा भगवानको मूर्ति एक थान चोरी भएको थियो।
खोजतलास गर्ने क्रममा चोरी भएकामध्ये बसुन्धरा भगवानको मूर्ति अन्दाजी एक फिट अग्लो आठ इञ्च चौडा भएको मूर्ति आइतबार गोदावरी जङ्गलमा फेला परेको हो।
विष्णु भगवानको मूर्ति भने अझै फेला पर्न सकेको छैन। मूर्ति चोरी गर्ने व्यक्तिको पनि अहिलेसम्म पहिचान हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।