काठमाडौं- हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट (एचआईडीसीएल) कम्पनीले लाभांश पारित गर्न साधारणसभा बोलाएको छ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई आठ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको थियो। लाभांश पारित गर्न कम्पनीले साधारणसभा बोलाएको हो।
कम्पनीको साधारणसभा पुस २२ गते कम्पनीको कार्यालय हात्तिसार काठमाडौंमा हुनेछ। कम्पनीले एक अर्ब ४९ करोड ६० लाख रुपैयाँ बराबर रकमको बोनस सेयर वितरणमा गर्ने जानकारी दिएको छ। यस्तै, सात करोड ८७ लाख ३६ हजार ८४२ रुपैयाँ नगद लाभांशमा खर्च गर्ने जनाएको छ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस ५ गते बुक क्लोज गर्ने जनाएको छ। पुस ४ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउनसक्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।