काठमाडौं– एक हप्ताको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप संकलन केही बढेको छ। पछिल्लो एक सातामा वाणिज्य बैंकहरुमा निक्षेप संकलन ६ अर्ब रुपैयाँले बढेर ४२ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो हप्ता बैंकहरुले ४२ खर्ब १९ अर्ब रुपैयाँमात्र निक्षेप संकलन गरेका थिए।
निक्षेप संकलनसँगै बैंकहरुको कर्जा लगानी पनि बढेको नेपाल बैंकर संघले जानकारी दिएको छ। संघको मंसिर १७ गतेसम्मको तथ्यांक अनुसार कर्जा लगानी अघिल्लो हप्तको भन्दा १४ अर्ब रुपैयाँले बढेको छ।
हालसम्म बैंकहरुले ४० खर्ब ६९ करोड रुपैयाँ कर्जा लगानी गरेका छन्। मंसिर १० गतेसम्म बैंकहरुले ४० खर्ब ५५ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी गरेका थिए।
बैंकमा निक्षेप संकलन सामान्य बढे पनि तरलता दवाब भने उस्तै रहेको छ। नेपाल राष्ट्र बैैंकका अनुसार अहिले बैंकिङ क्षेत्रको सिडी रेसियो (निक्षेप र कर्जा अनुपात) राष्ट्र बैंकले तोकेको सीमा भन्दा माथि पुगेको छ। सोमबार यस्तो रेसियो ९०.८८ प्रतिशत पुगको राष्ट्र बैंकले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।